ताजा समाचार

हावाको बिजुली उद्घाटन गर्दै ओलीले भने, ‘मलाई हावादारी भन्नेहरु मुस्ताङ आए हुन्छ’


मुस्ताङ, २९ साउन । एमाले अध्यक्ष एवंम पूर्व प्रधानमन्त्री केपी ओलीले मुस्ताङमा पुगेर हावाबाट उत्पादित बिजुलीको उद्घाटन गरेका छन् । प्रधानमन्त्री भएको बेला हावाबाट बिजुली निकाल्ने घोषणा गर्दा हासो र व्यंग्यको पात्र बनेका ओलीले अहिले आएर आफ्नो सपना पुरा गराएर देखाएका हुन् ।

मुस्ताङको जोमसोममा हावाबाट उत्पादन भएको बिजुलीको औपचारिक प्रसारण आरम्भ गर्न ओली हेलिकोप्टरबाट गएका थिए । उनलाई हावाबाट बिजुली निकाल्ने कम्पनी बुद्ध पावर प्रालिले जोमसोम लगेको हो । हावाबाट उत्पादित बिजुलीको आरम्भ गर्दै अध्यक्ष ओलीले मुस्ताङ मात्रै नभएर नबलपरासी र हेटौंडामा पनि हावाबाट बिजुली उत्पादन गर्न सकिने बताए । उनले आफूले पूरा नहुने सपना जनतालाई कहिल्यै नदेखाएको बताए ।

आफ्नो योजनालाई हावामा उडाउनेहरुलाई मुस्ताङमा हावाबाट बिजुली उत्पादन भएको हेर्न आग्रह गरे । बुद्ध पावर प्रालिको पहलमा गत बर्षको बैशाखदेखि शुरु गरिएको निर्माण कार्य १६ महिना पछि सम्पन्न भएको प्रबन्ध निर्देशक पुष्पराज तिमल्सिनाले बाए ।

अहिले ३ किलोवाट उत्पादन गर्न सकिने क्षमताको सो आयोजनाबाट जोमसोममै हावाबाट ४० मेघावाटको बिजुली उत्पादन गर्ने लक्ष्य रहेको उनले सुनाए । हावाबाट बिजुली निकाल्ने ओलीको सपना भएकाले ओलीकै हातबाट उद्घाटन गरिएको बुद्ध पावर प्रालिले जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org