ताजा समाचार

महान्यायाधिवक्ता रमण श्रेष्ठले २ महिनापछि पदबाट राजीनामा दिए


काठमाडौं, २९ साउन । महान्यायाधिवक्ता रमण कुमार श्रेष्ठले पदबाट राजीनामा दिएका छन्। महान्यायाधिवक्ता श्रेष्ठले आइतबार प्रधानमन्त्रीलाई राजीनामा बुझाएका हुन् । उनको राजीनामा स्वीकृत समेत भइसकेको छ । पुष्पकमल दाहाल नेतृत्वको अघिल्लो सरकारले महान्यायाधिवक्तामा नियुक्त गरिएका श्रेष्ठले नयाँ सरकार बनेको करीब दुई महिनापछि मात्र राजीनामा दिएका हुन।

सरकार परिवर्तनसंगै महान्यायाधिवक्ताले पनि राजीनामा बुझाउने प्रचलन रहँदै आएको छ । अब प्रधानमन्त्री देउवालाई नयाँ महान्यायाधिवक्ता नियुक्त गर्न बाटो खुलेको छ। यसअघि राजीनामा नदिएको भन्दै श्रेष्ठ र देउवाको निकै आलोचना भएको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org