ताजा समाचार

पूर्वबाट सुरु भएको मनसुन पश्चिममा सक्रिय, पश्चिमका यी जिल्लामा आज भारी बर्षा हुने सम्भावना

काठमाडौं, ३० साउन । केही दिनदेखि सक्रिय रहेको मनसुनको प्रभाव अब पश्चिमी क्षेत्रमा फैलिदै गएको छ । गत सातादेखि निरन्तर सक्रिय बनेको मनसुन मुलुकको पूर्वी भेगमा केही कमजोर बन्दै गए पनि मध्य भेग र पश्चिमी क्षेत्रमा प्रभाव फैलिएको हो ।

मध्य क्षेत्र र पश्चिमका तराई लगायत धेरै स्थानमा निरन्तर बर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । केही स्थानमा भारी बर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज चितवन, नवलपरासी, कपिलवस्तु, दाङ, बाँके, बर्दिया र आसपासका जिल्लामा भारी बर्षाको सम्भावना छ । दिउँसोदेखि भने मनसुन क्रमश कमजोर हुँदै जाने मौसमविद् शान्ति कँडेलले जानकारी दिईन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org