ताजा समाचार

पाँचकिलोमा पहिरो गएपछि नारायणगढ मुग्लिन सडक पुनः अवरुद्ध

चितवन, ३० साउन । नारायणगढ मुग्लिन सडकखण्डको फेरी अबरुद्ध भएको छ । पाँचकिलोमा गएराति पहिरो खसेपछि सडक फेरी अवरुद्ध भएको हो । गएराति १० बजेबाट सो ठाउँमा पहिरो खसेपछि सडक अबरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक दीपक थापाले जानकारी दिए । रातको समयमा पहिरो पन्छाउन नसकेपछि अहिले बिहानबाट पहिरो पन्छाउन शुरु गरिएको छ ।

सो सडकमा शुक्रबार दिउँसो २ बजेपछि ठाउँ–ठाउँमा पहिरो खसेपछि अवरुद्ध बनेको सडक आइतबार साँझ ५ः१५ बजे पहिरो पन्छाएर यातायात आवागमन शुरु भएको थियो । दुई दिनदेखि सवारी जाममा रहेका साधन सडकबाहिर निस्कन नपाउँदै पुनः पहिरो खसेपछि यात्रुहरु अलपत्र परेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org