ताजा समाचार

सिएरा लियोनमा पहिरोका कारण मर्नेको संख्या चार सय पुग्यो, अझै ६ सय मानिस वेपत्ता

काठमाडौं, ३२ साउन । सिएरा लियोनमा पहिरोमा परि ज्यान गुमाउनेको संख्या चार सय भन्दा बढी पुगेको छ । अझैं सयौँ मानिस हराइरहेका छन् । उद्धारमा लागेका सहयोग निकायहरुले झण्डै ६ सय जना हराइरहेको बताएका छन् भने तीन हजार मानिस विस्थापित भएका छन् ।

सियरा लियोन सरकारले राहत तथा उद्धारको कामलाई तीब्रता दिन निर्देशन दिएको छ । राष्ट्रपति एमेष्ट बाइ कोरोमाले पहिरोले धेरै क्षति पुर्‍याएको भन्दै पहिरोबाट प्रभावित हजारौँलाई तत्काल राहतको आवश्यकता रहेको भन्दै सहयोगका लागि अपिल गरेका छन् ।

राजधानी फ्रिटाउन नजिकै लेदोमाटो सहितको पहिरो जाँदा ठूलो संख्यामा जनधनको क्षति भएको रेड क्रसलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ । लगातारको वर्षाका कारण रिजेन्ट क्षेत्रको एउटा पहाडमा पहिरो गएको हो । पहिरोले त्यहाँ गएका घरलाई पुरेका स्थानीय अधिकारीले बताएका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org