ताजा समाचार

आफ्नो सैनिक फिर्ता लैजान भन्दै अमेरिकी राष्ट्रपति ट्रम्पलाई तालिबानको खुलापत्र

काठमाडौं, ३२ साउन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई तालिबानले खुलापत्र लेखेको छ । तालिबानले अफगानिस्तानबाट आफ्ना सबै सेना फिर्ता लैजान आग्रह गर्दै खुलापत्र लेखेको हो । तालिबानले ट्रम्पलाई लेखेको खुला पत्रमा अफगानिस्तानमा बाँकी रहेका अमेरिकी सेना फिर्ता बोलाइ अमेरिकी तथा अफगानी नागरिकको जीवन रक्षाका लागि आह्वान गरिएको छ ।

त्यस्तै अफगानिस्तानमा युद्धको रणनीति त्यागेर अफगानी नागरिकसँग प्रत्यक्ष तथा शान्तिपूर्ण वार्ताको लागि पनि आह्वान गरिएको छ । पत्रमा उसले अफगानी नागरिकसँग बाहेक भ्रष्ट राजनीतिज्ञसँग वार्ता नगर्न आग्रह गरेको छ । सम्झौताको भाषामा लेखिएको पत्रमा तालिबानले ट्रम्पलाई विगतमा गरिएका गल्तिको समीक्षा गर्न पनि आग्रह गरेको अलजजिराले जनाएको छ । अमेरिकाले अफगानिस्तानमा सन् २००१ मा सैन्य कारवाही सुरु गरेको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org