ताजा समाचार

पोर्चुगलमा २०० वर्ष पुरानो रुख ढल्दा च्यापिएर १३ जनाको मृत्यु, ४९ जना घाइते

काठमाडौं, ३२ साउन । पोर्चुगलमा २ सय वर्ष पुरानो रुख ढल्दा १३ जनाको ज्यान गएको छ । मडेइरा आइल्याण्डको फुन्चल बजारमा धार्मिक पर्व मनाउन भेला भएका मानिसको भिडमा रुख ढलेको हो । घटनामा अन्य ४९ जना घाइते भएका छन् ।

ज्यान गुमाउनेमा दुई बालबाकालिका रहेको स्थानीय अधिकारीलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ । घाइते हुनेमा केही विदेशी नागरिक पनि रहेको उल्लेख गरिएको छ । घटनापछि मडेइरा आइल्याण्डको स्थानीय सरकारले तीन दिने शोकको घोषणा गरेको छ । यस्तै पोर्चुगलका राष्ट्रपति मार्सेलो रिकेलो डि साउसाले घटनाबाट आफू तथा सबै पोर्चुगिज नागरिक दुःखी भएको बताएका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org