ताजा समाचार

जस्ले थापाथाली सडकमा भेट्टाएको एक लाख रूपैयाँ प्रहरीलाई बुझाए

काठमाडौं, ३२ साउन । एक युवकले सडकमा भेट्टिएको एक लाख रुपैयाँ प्रहरीलाई बुझाएका छन् । रामेछाप घर भइ कालीमाटीमा बस्दै आएका २५ वर्षीय उमेश श्रेष्ठले बाटोमा भेट्टिएको एक लाख रुपैयाँ प्रहरीलाई बुझाएका हुन् । मंगलबार दिउँसो थापाथलीस्थित ट्राफिक प्रहरी कार्यालय अगाडिको सडकमा उमेशले उक्त रकम भेटाएका हुन् ।

१००० दरका १०० थान नोट अर्थात एक लाख रूपैयाँ ट्राफिक प्रहरी कार्यालय थापाथली मार्फत चिठी लेखि ‘महानगरीय ट्राफिक कार्यालयमा बुझाएका हुन् । उनले उक्त रकम कुनै गलत व्यक्तिको हातमा नपरोस् भन्ने मनसायले प्रहरीलाई बुझाएको बताएका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org