ताजा समाचार

हेलिकोप्टर हेर्न जाँदा खाल्डोमा जमेको पानीमा डुबेर एक बालिकाको मृत्यु

पर्सा, ३२ साउन । पर्सामा खाल्डोमा जमेको पानीमा डुबेर एक बालिकाको ज्यान गएको छ । रौतहटमा जमेको पानीमा डुवेर एकै परिवारका ३ जना बालबालिकाहरुको ज्यान गएको खबर सेलाउन नपाउँदै पर्साको ठोरीमा पनि एक बालिकाको जमेको पानीमा डुवेर ज्यान गएको हो ।

पर्साको सुवर्णपुर गाँउपालिका–२ हनुमाननगरमा सडकमा जमेको पानीमा डुबेर ८ वर्षीया बालिका कृपा बस्नेतको ज्यान गएको इलाका प्रहरी कार्यालय ठोरीले जनाएको छ । उनी ठोरी एकेडेमीमा कक्षा २ मा अध्यनरत थिइन् ।

हनुमाननगरमा निर्माण भइरहेको बाटोको खाल्टोमा जमेको पानीमा डुबेर उनको ज्यान गएको हो । राहतसहित ठोरी पुगेको हेलिकोप्टर हेर्न जाने क्रममा पानीमा डुबेकी बस्नेतको ज्यान गएको इलाका प्रहरी कार्यालय ठोरीका प्रहरी निरीक्षक लोकेन्द्र सिहं गुरुङले जानकारी दिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org