ताजा समाचार

दाउन्नेमा पहिरो गएपछि पूर्व–पश्चिम राजमार्ग बुधबार राति १० बजेसम्मको लागि बन्द


नवलपरासी, ३२ साउन । दाउन्नेमा बाढीका कारण सडक भत्किएपछि पूर्व–पश्चिम राजमार्ग २४ घण्टाका लागि सडक बन्द गरिएको छ । जिल्ला प्रशासन कार्यालय नवलपरासीले सडक मर्मतका लागि भन्दै मंगलबार राति १० बजेदेखि बुधबार राति १० बजेसम्मका लागि सडक बन्द गराएको हो ।

जिल्ला प्रशासनले सूचना जारी गरेर सडक बन्द गराएपछि सवारीसाधन तथा यात्रु मारमा परेका छन् । यसअघि साना सवारी साधन पास भएको भए पनि ठूला सवारी साधन पास हुन सकेका थिएनन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org