ताजा समाचार

बाँकेमा नालामा डुबेर श्रीमती र छोरीको मृत्यु: अर्की छोरी वेपत्ता, आफु भने ज्यान जोगाउन सफल


बाँके, ३२ साउन । बाँकेमा नालामा डुबेर आमाछोरीको ज्यान गएको छ । बाँकेको नरैनापुर गाउँपालिका–६ गंगापुर कुदरबेटवामा नालामा डुबेर आमाछोरीको ज्यान गएको हो ।

स्थानीय सिंगैया नालामा पानीको सतह कम भएपछि मंगलबार राति जमुनीबाट कुदरबेटवा घर फर्किने क्रममा छोटेलाल यादवकी श्रीमती ३० वर्षकी सेमदोली यादव र ८ वर्षकी छोरी अञ्जली र ३ वर्षकी छोरी सुनिता यादव नालामा डुबेर बेपत्ता भएका थिए । बेपत्ता मध्ये आमा र छोरी अञ्जलीको बुधबार बिहान शव फेला परेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

बेपत्ता सुनिताको खोजी भइरहेको प्रहरी निरीक्षक वीरबहादुर थापाले जानकारी दिए । छोटेलाल यादवलाई पनि नालाको पानीले बगाएको थियो तर उनले ज्यान जोगाउन सके पनि परिवारका सदस्यलाई भने बचाउन सकिएन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org