ताजा समाचार

बाढी प्रभावितको अवस्था बुझ्न प्रधानमन्त्री देउवा नेपालगञ्जमा, सम्बद्ध अधिकारीलाई तीन बुँदे निर्देशन

बाँके, १ भदौ । बाढी प्रभावितको अवस्थाबारे जानकारी लिन प्रधानमन्त्री शेरबहादुर देउवा नेपालगञ्ज पुगेका छन् । प्रधानमन्त्री देउवाले बाँके, बर्दिया, दाङ्ग र कैलालीमा बाढी प्रभावितको अवस्थाबारे जानकारी लिन नेपालगञ्ज पुगेका हुन् । बाढी प्रभावितको अवस्थाबारे प्रधानमन्त्री देउवाले सम्बद्ध अधिकारीहरुलाई तीन बुँदे निर्देशन दिएका छन् ।

देउवाले बाढीप्रभावित क्षेत्रको उद्धारमा खटिएका सेना, प्रहरी र सशस्त्र प्रहरीलाई ३ बुँदे निर्देशन दिएका हुन् । उनले बाढी र डुबानमा फसेका नागरिकको उद्धार कार्यलाई थप तीव्रता दिन सम्बद्ध अधिकारीलाई निर्देशन दिएका छन् । त्यस्तै उद्धार गरिएका नागरिकको स्वस्थ्य उपचार र आपतकालीन राहतमा कुनै कमी बाँकी नराख्न भनेका छन् । उद्धार गरिएका नागरिकको अस्थायी बसोबासको व्यवस्था तत्काल गर्न देउवाले सम्बद्ध अधिकारीलाई भनेका छन् ।

प्रधानमन्त्री देउवाले नेपाली सेनाको हेलिकप्टर मार्फत बाँके, बर्दिया, कैलाली र दाङमा बाढीले प्रभाव पारेका क्षेत्रको निरीक्षण गर्नेछन् । प्रधानमन्त्री देउवाले बाँकेको फत्तेपुर, बर्दियाको गुलेरियार बनियाभार, कैलालीको टिकापुर लगायतका क्षेत्रको निरीक्षण गर्ने कार्यक्रम छ । प्रधानमन्त्री देउवाको साथमा सिचाईं मन्त्री सञ्जयकुमार गौतम पनि रहेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org