ताजा समाचार

अब बाढी पीडित परिवारलाई ‘ड्राइफुड’ को सट्टा एक महिनालाई पुग्ने राहत वितरण गरिने

काठमाडौं, १ भदौं । बाढी पीडितलाई एक महिनाको लागि पुग्ने राहत वितरण गरिने भएको छ । गृहमन्त्रालयले आजदेखि बाढीपहिरोबाट प्रभावित भएका प्रतिपरिवारलाई एक महिनाको लागि पुग्ने राहत वितरणको तयारी थालेको हो । सरकारले बाढी पहिरो पीडितलाई राहत वितरण गर्नमा लापराही गरिरहेको गुनासो बढ्दै गएपछि गृहमन्त्रालयले यस्तो तयारी थालेको हो ।

आजदेखि प्रभावित सबै जिल्लाका बाढी पहिरो पिडितलार्इ ड्राइफुड वितरण कम गरि प्रति परिवार १ महिनासम्म पुग्ने चामल, दाल, तेल, नुनलगायतका राहत सामग्री वितरण गर्न लागिएको गृहमन्त्रालयले जनाएको छ । स्थानीय स्तरबाट यथार्थ क्षति मुल्याङकन प्राप्त हुनासाथ तत्काल नीतिगत प्रणाली बनाई पुनस्थापना र संरचना पुननिर्माणको कार्य युद्धस्तरमा अघि बढाइने पनि मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार हालसम्म बाढीपहिरोबाट १२८ जनाको मृत्यु भईसकेको छ । भने ३३ जना वेपत्ता भएका छन् । यस्तै १ लाख ५ हजार पीडितको हालसम्म उद्दार गरिएको र उनीहरुलाई १ लाख २० हजार किलो ड्राइफुड, पानी, औषधी र अन्य राहत सामाग्री वितरण गरिएको मन्त्रालयले जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org