ताजा समाचार

आजदेखि रिंगरोडमा दिउँसोको समयमा मालबाहक सवारी चलाउन प्रतिबन्ध, चलाए ५ हजारसम्म जरिवाना

काठमाडौं, १ भदौं । काठमाडौंको रिंगरोडमा आजदेखि मालबाहक सवारी साधनलाई गुड्न प्रतिवन्ध लागेको छ । काठमाडौं उपत्यकाको बढ्दो सवारी जाम न्यूनिकरण गर्न भन्दै दिउँसोको समयमा मालबाहक सवारी चलाउन प्रतिबनध लगाईएको हो । विहान ८ बजेदेखि बेलुकी ७ बजेसम्म रिंगरोडमा ट्रक, मिनी ट्रक, टिप्पर लगायत मालबाहक सवारी गुड्न पाउने छैनन् ।

पेट्रोल, ग्यास, पानी लगायत अत्यावश्यक सेवाका सवारीका हकमा भने यो निर्णय लागू हुने छैन् । उपत्यकामा भित्रिने मालबाहक सवारीका लागि विभिन्न नाकामा पार्किङस्थल तोकिएको यातायात व्यवस्था विभागका प्रवक्ता टोकराज पाण्डेले जानकारी दिए । अब तोकिएको अवधिभन्दा अघि आउने सवारीले सो पार्किङ काटेर काठमाडौंतर्फ आउन पाउने छैनन् । यदि यो नियम उल्लंघन गरे ५ हजारसम्म जरिवाना लाग्नेछ ।

पृथ्वीराजमार्ग हुँदै आउने मालबाहक सवारीलाई नौबिसेमा पार्किङ गर्नुपर्नेछ । गोदावरीतर्फबाट आउनेले धापाखेलमा पार्किङ गर्न पाएका छन् भने अरनिको तथा वीपी राजमार्गबाट आउने सवारीले भने बनेपामा नै रोकिनुपर्नेछ । त्यस्तै नुवाकोट तर्फबाट आउने मालबाहक सवारीलाई झोर र मुडेमा रोकिएको छ । दक्षिणकाली नाका भएर आउने ट्रक र टिप्परलाई पनि पार्किङ स्थल तोकिएको प्रवक्ता पाण्डेले जानकारी दिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org