ताजा समाचार

के तपाईलाई कर्मचारीले घूस मागेका छन् ? यदि छन्, १०७ मा फोन गर्नूस !


काठमाडौं, १ भदौं । के तपाईलाई सरकारी सेवा लिने क्रममा कुनै कर्मचारीले घूस मागेका छन् ? यदि कुनै सरकारी अड्डाका कर्मचारीले सेवा प्रवाहमा अनेक बहाना बनाई घूस मागेर अनावश्यक दुःख दिइरहेको छन् ? यदि यस्तो समस्यामा पर्नुभएको छ भने तपाईले अब सीधै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा फोन गर्न सक्नुहुनेछ । त्यसको लागि तपाईले निःशुल्क फोन गर्नसक्नु हुन्छ ।

आफ्नो मोवाइल वा फोनबाटै १०७ डायल गरेर अनियमितता गर्ने सरकारी कर्मचारीलाई उजुरी दिन सकिने व्यवस्था अख्तियारले गरेको छ । सरकारी कार्यालयमा भ्रष्टाचार र अनियमितता बढेको गुनासो आउन थालेपछि सर्वसाधरणको सुविधाका लागि अख्तियारले यस्तो व्यवस्था गरेको हो ।

सरकारी निकायको भ्रष्टाचार र अनियमितताको छानविन गरी मुद्दा चलाउने संवैधानिक निकाय अख्तियारले सरकारी कर्मचारीलाई जनताप्रति उत्तरदायी बनाउन यस्तो सेवा सुरु गरेको जनाएको छ । ‘सरकारी सेवामा हैरानी भोगेका सेवाग्राहीलाई कहाँ – कसरी उजुरी गर्ने भन्ने जानकारी नभएको देखियो,’ आयोगका प्रवक्ता जीवराज कोइरालाले भने, ‘हटलाइन सेवाले भ्रष्टाचार नियन्त्रण गर्न र सेवा प्रवाहमा जनताको हैरानीको समस्या न्यूनीकरण गर्ने अपेक्षा लिएका छौं ।’

त्यस्तै, अख्तियारले बढी सेवाग्राहीको बढी घुइँचो हुने तथा भ्रष्टाचार हुने सरकारी कार्यालयहरूमा सचेतनामूलक होडिङ बोर्ड राख्ने भएको छ । आयोगले शुक्रबारदेखि नै ‘राष्ट्रसेवक कर्मचारीहरूले घूसररिसवत मागेमा १०७ मा फोन गर्नुहोला’ भन्ने व्यहोराको होडिङ बोर्ड सरकारी कार्यालयमा राख्ने तयारी गरेको हो । जसअन्तर्गत पहिलो चरणमा बढी भ्रष्टाचार हुने देखिएका स्थानमा यस्तो होडिङबोर्ड राखिने अख्तियारले बताएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org