ताजा समाचार

शीर्ष नेताहरुलाई राष्ट्रपतिको प्रश्न, किन भारतको कठपुतली बन्नुहुन्छ, ठोस कुरा गर्न सक्नुहुन्न र ?


काठमाडौं, ४ भदौ । राष्ट्रपति विद्यादेवी भण्डारीले डुबान समस्याबारे भारतसँग कुरा नगरेकामा शीर्ष नेतृत्वसँग असन्तुष्टि पोखेकी छन् । सीमा क्षेत्रमा भारतले निर्माण गरेका बाँध/तटबन्धका कारण तराई/मधेसका भूभाग डुबानमा पर्दा जनताले दुःख/कष्ट भोग्न बाध्य भएकै बेला राष्ट्रपति भण्डारीले शीर्ष नेताहरूसँग यस्तो असन्तुष्टि पोखेकी हुन् । आजको अन्नपुर्ण पोष्टमा यो खबर छ ।

आफूसँग परामर्शका लागि शनिबार बिहान शीतलनिवास आएका प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई राष्ट्रपति भण्डारीले भनेकी थिइन्, ‘बाढी आउँछ, जनताले दुःख पाउँछन्, राहत बाँडेर बस्नुपर्ने बाध्यता छ । डुबान समस्याबारे भारतसँग कुरा गर्नु पर्दैन ? तथ्यसहित कुरा गर्ने प्रक्रियामा जानुहोस् ।’

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org