ताजा समाचार

कालिकोटमा पहिरो हेर्न गएका एक जनाको पुरिएर मृत्यु

कालिकोट, ४ भदौं । कालिकोटमा पहिरो हेर्न जाँदा पुरिएर एक जनाको ज्यान गएको छ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत कालिकोटको एस मोडमा पहिरो हेर्न गएका दैलेख महाबुअ गाउँपालिका–६ का जगतबहादुर शाहीको ज्यान गएको हो ।

शनिबार राति राजमार्गमा खसेको पहिरो हेर्न जाँदा त्यहि पहिरोले पुरिएर शाहीको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ । यसैबिच अहिले पनि पहिरो खसिरहेकाले जुम्ला, मुगु र कालिकोटबाट सुर्खेत, नेपालगन्ज, काठमाडौं, धनगढी लगायतका ठाउँका लागि छुटेका गाडी बाटोमै रोकिँदा यात्रुलाई सास्ती भएको छ । पहिरो खसिरहेकाले हटाउन समस्या भएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org