ताजा समाचार

कुल देउता हराएपछि बाढीमा मृत्यु भएका छोरीको अन्त्येष्टी ७ दिन ढिलो

बाँके, ४ भदौं । साउन २७ को बाढीले घर भत्किएपछि च्यापिएर कविराज थारुका तीन छोरीको मृत्यु भयो। तर ७ दिन वितिसक्दा पनि उनले मृतक छोरीको अन्तिम संस्कार गरेनन्। छोरीसहित घरको कुलदेउता पनि घरमै पुरिएपछि उनले अन्तिम संस्कार गर्न नपाएका हुन्। आजको कान्तिपुर दैनिकमा खबर छ ।

थारु परम्पराअनुसार किरिया बस्न कुल देउता अनिवार्य हुन्छ। किरिया बस्नुअघि कुल देउतालाई नुहाइदिएर उल्टो राख्ने चलन छ। तर कुल देउता नै पुरिए। शनिबार नेपाली सेनाले राप्ती सोनारी गाउँपालिका- ४ लालपुरका कविराजको भत्किएको घर उत्खनन गरी कुल देउता खोजिदिएको छ। कुल देउता भेटिए अब छोरीहरुको किरिया बस्छुु उनले भने ‘सेनाले बस्ने घर पनि बनाइदियो। अब जिउने सहारा मिलेको छ।’

सेनाले उनका लागि टेन्ट बनाइदिएको छ। थारु समुदायको कुल देउता राख्न छुट्टै कोठा बनाइएको हुन्छ। थारु भाषामा कुल देउता राख्ने कोठालाई मिन्झारी भनिन्छ। जहाँ कुल देउता (माटोको हात्ती, घोडा, पाल र मूर्ति) राखिएका हुन्छन्। खुसीका बेला कुल देउतालाई रक्सीको छाकी चढाइन्छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org