ताजा समाचार

एक महिनामा करिब १२ लाख नयाँ मतदाता थपिए, तेस्रो चरणको निर्वाचनमा मतदान गर्न नपाउने

काठमाडौं, ४ भदौं । निर्वाचन आयोगले एक महिनामा करिब १२ लाख मतदाता थपिएको जनाएको छ । स्थानीय तहको दोस्रो चरणको निर्वाचन सम्पन्न भएपछि आयोगले १ साउनबाट एक महिनासम्म देशैभर मतदाता नामावली संकलन थालेको थियो। यसअघि एक करोड ४० लाख मतदाता थिए। नयाँ मतदातासहित देशभर मतदाताको संख्या एक करोड ५२ लाख पुगेको छ।

आयोगले देशभर करिब आठ सय स्थानबाट एक महिनासम्म एकैसाथ फोटोसहितको मतदाता नामावली संकलन गरेको थियो। ७४४ स्थानीय तहको केन्द्र, हरेक जिल्ला प्रशासन कार्यालय र निर्वाचन आयोगबाट एकैसाथ नामावली संकलन भएको थियो। आयोगका अनुसार साउन मसान्तसम्म देशभर साढे १० लाखले फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराएका थिए। त्यसपछि राजनीतिक दलहरूको आग्रहमा थपिएको तीन दिनमा करिब दुई लाख मतदाता थपिएको अयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिए।

स्थानीय निर्वाचनमा भाग लिन नपाउने ?
निर्वाचन आयोगले थपिएका नयाँ मतदाताले २ असोजमा २ नम्बर प्रदेशमा हुने स्थानीय निर्वाचनमा भाग लिन नपाउने बताएको छ । २ असोजमा हुने तेस्रो चरणको निर्वाचनमा निर्वाचन मिति घोषणा हुनुअघि मतदाता नामावलीमा नाम लेखाएकाले मात्र मतदान अधिकार पाउने प्रवक्ता शर्माले बताए। आजको नयाँ पत्रिकामा खबर छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org