ताजा समाचार

जयनगर-महोत्तरी रेल आगामी फागुनदेखि सरर, सिमरासम्म रेल पुग्दै

जनकपुर, ४ भदौं । जनकपुरसहित समग्र तराई मधेसको आर्थिक विकासको मेरुदण्ड मानिएको नेपालको एकमात्रै रेलसेवा आगामी फागुनदेखि संचालनमा आउने भएको छ । भारतको जयनगरदेखि जनकपुर हुँदै महोत्तरीको विजलापुरासम्म रेलमार्ग पुनर्निर्माण अन्तिम चरणमा पुगेको छ ।

रेलमार्ग पुननिर्माण गरिरहेको भारतीय पक्षले फागुनसम्ममा रेलसेवा संचालन गर्ने प्रतिबद्धता जनाएको छ । नेपालको एकमात्र जनकपुर–जयनगर रेलमार्ग पाँचबर्षदेखि पूर्ण रुपमा बन्द थियो । जयनगरदेखि विजुलापुरसम्मको ५१ किलोमिटर रेलमार्ग निर्माण अन्तिम चरणमा पुगेको रेल विभाग साइट कार्यालय जनकपुरले जनाएको छ ।

सिमरासम्म रेल पुग्दै
जयनगरदेखि विजलपुरासम्मको रेलमार्ग निर्माण अन्तिम चरणमा रहेपनि विजलपुरदेखि बर्दिबाससम्म १७ किलोमिटर रेलमार्गका लागि जग्गा अधिग्रहण जारी छ । एन्जिनियर विनोद ओझाका अनुसार केही जग्गा अधिग्रहरण भइसकेको र केही प्रक्रियामा रहेको नयाँ पत्रिका दैनिकमा खबर छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org