ताजा समाचार

मंसिर १० मा प्रदेश र संघीय संसद दुवैको निर्वाचन गर्ने सरकारको घोषणा

काठमाडौं, ५ भदौं । सरकारले आगामी मंसिर १० गते संघीय संसद र प्रदेश सभाको दुवै निर्वाचन गर्ने घोषणा गरेको छ । आज बिहान बसेको मन्त्रिपरिषद बैठकले १० मंसिरमा संसद र प्रदेशको निर्वाचन गर्ने निर्णय गरेको सञ्चारमन्त्री मोहन बहादुर बस्नेतले जानकारी दिए ।

यसअघि निर्वाचन आयोगसँगको परामर्शपछि प्रमुख दलहरु संघ र प्रदेशको निर्वाचन एकसाथ गर्ने निष्कर्षमा पुगेका थिए। ‘एक दुई चरण केहि भनिएको छैन। १० गते गर्ने भनेर निर्वाचन आयोगलाई लेख्ने भनिएको छ’, बैठकपछि बस्नेतले भने, ‘के गर्ने भन्ने निर्वाचन आयोगले गर्ला।’

मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण स्वीकृत गरेको छ। त्यस्तै, भ्रमणका क्रममा उठाउने विषयहरु समेत तय गरेको बस्नेतले जानकरी दिए। तर निर्वाचन आयोगले भने तयारी पुरा गर्न अप्ठ्यारो हुने भन्दै दुई चरणमा चुनाव गर्न आग्रह गरेको थियो । आयोगले मंसिर ४ र २१ को मिति प्रस्ताव गरेको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org