ताजा समाचार

काँग्रेसको सम्पत्ति ११ करोडको, स्थानीय तहको चुनाव लड्दा १ करोड सकियो

काठमाडौं, ६ भदौं । स्थानीय तहका यसअघि भएका दुवै चरणका निर्वाचनमा कांग्रेसलाई आर्थिक रुपमा पनि घाटा लागेको छ । चुनावपछि कांग्रेसको बैंक व्यालेन्स झन्डै डेढ करोड रुपैयाँ घटेको पार्टी कार्यालय स्रोतले जनाएको छ । साउन तेस्रो सातासम्म कांग्रेसको वाणिज्य, इन्भेष्टमेन्ट, प्रभु, प्राइम, सेन्चुरीलगायत बैंकमा रहेको खातामा ५ करोड २० लाख रुपैयाँ मौज्दात देखिएको छ ।

पार्टीको तेह्रौं महाधिवेशनमा तत्कालीन कोषाध्यक्ष चित्रलेखा यादवले प्रस्तुत गरेको आर्थिक प्रतिवेदनमा २०७२ फागुन १८ गतेसम्म कांग्रेसको बैंक खातामा कुल रकम ६ करोड ६७ लाख ४५ हजार ९ सय ४७ थियो । स्थानीय तहको निर्वाचनपछि बैंक मौज्दात घटेको पार्टी कार्यालयका कर्मचारी बताउँछन् । आजको नागरिक दैनिकमा खबर छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org