ताजा समाचार

भारतमा नेपाली समाचार च्यानललाई प्रतिबन्ध

काठमाडौ, ९ भदौं । भारतबाट नेपाली भाषामा सञ्चालन हुने एक मात्रै स्याटलाईट च्यानल एबिएन नेटवर्क बन्द भएको एक महिना भईसकेको छ। जुलाई २२ का दिन पश्चिम बंगालको प्रहरीले टेलिभिजन च्यानलमा छापा मारेर च्यानलको कर्पोरेट अफिस र सिलगुडीमा रहेको स्टुडियोमा सिल मारिदिएको थियो।

त्यसको भोलिपल्ट जलपाइगुरीका जिल्ला म्याजिष्ट्रेट रचना भागतले एउटा आदेश जारी गर्दै च्यानलले दार्जेलिङ र जलापाइगुरी जिल्लाका समाचार सम्बन्धी कार्यक्रम अगष्ट ७ सम्म सञ्चालन गर्न नपाउने आदेश जारी गरेकी थिइन्। उक्त आदेश अगष्ट ८ बाट अनिश्चितकालका लागि लम्ब्याइएको थियो। एबिएन नेटवर्का सञ्चालकहरूले च्यानलमाथिको प्रहरी छापा र म्याजिष्ट्रेडको आदेश स्वतन्त्र पत्रकारितामाथिको हस्तक्षेप भएको बताएका छन्। आजको नागरिक दैनिकमा खबर छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org