ताजा समाचार

मोदीले देउवालाई दिएको सरप्राईज भेटको रहस्य खुल्योः देउवाले दिए डोक्लाम विवादमा भारतलाई साथ दिने आश्वसन


काठमाडौं, ९ भदौं । प्रधानमन्त्री शेरबहादुर देउवाले भारत भ्रमणका क्रममा भारतीय प्रधानमन्त्रीलाई डोक्लाम विवादमा भारतलाई साथ दिने आश्वसन दिएको खुलासा भएको छ । बुधवार भारतीय प्रधानमन्त्रीसँग दिल्लीमा भएको सरप्राईज भेटका क्रममा डोक्लाम विवादमा भारतलाई साथ दिन गरेको भारतीय प्रधानमन्त्री मोदीको आग्रहलाई आफु भारतका पक्षमा रहेकाले यस विषयमा आन्तरिक छलफल गरी भारतीय पक्षमा उभिने आश्वासन दिएको खुलासा भएको हो ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बुधबार देउवासँग अचानक गरेको भेटघाट विषयमा डोक्लाम विवादकै विषय नेपालका प्रधानमन्त्रीले गलत निर्णय गर्न सक्ने धेरैको अनुमान थियो । भारतीय जनता पार्टीका एक उच्चस्तरीय नेताका अनुसार प्रधानमन्त्री मोदीले डोक्लामको विषयमा सहयोग गरे आगामी चुनावमा पनि सहयोग गर्ने प्रतिवद्धता जनाएपछि देउवाले आफु भारतीय पक्षमा दृढ रहने भन्दै भारतीय प्रधानमन्त्रीलाई विश्वस्त गराएका थिए ।

भ्रमणको क्रममा देउवाले विभिन्न ८ बुँदे सम्झौतामा गरेका छन् । त्यति मात्र होइन, प्रधानमन्त्री मोदीले वान बेल्ट वान रोड (ओबीआर) मा नेपालले गरेको हस्ताक्षरका विषयमा पनि आपत्ति जनाएको स्रोतले जनाएको छ । प्रचण्ड नेतृत्वको सरकारले चीनमै गएर ओबीआरमा हस्ताक्षर गरेको थियो । मोदीले प्रधानमन्त्री देउवालाई ओबीआरको विषयमा जे भयो अब त्यस विषयलाई अघि पनि आग्रह गरेको स्रोतको दावी छ ।

उनले विमस्टेकलाई सशक्त रुपमा अगाडि बढाउन पनि सुझाव दिए । भारत, भुटान र नेपाल मिलेर अगाडि बढ्नुपर्ने विषयमा समेत कुराकानी भएको स्रोतको दावी छ । हालै संसदमा अस्वीकृत भएको संशोधन विधेयकको बारेमा पनि भारतीय प्रधानमन्त्री मोदीले चासो राखेका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org