ताजा समाचार

अख्तियारद्धारा विद्युत प्राधिकरणका कुलमान घिसिङसहित ७ उच्च कर्मचारीलाई १३ पन्ने सम्पत्ति विवरण भरायो

काठमाडौ., ९ भदौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत प्राधिकरणका ७ उच्च पदस्थ कर्मचारीलाई सम्पत्ति विवरण भराएको छ । अख्तियारले विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसहित ७ उच्च पदस्थ कर्मचारीलाई १३ पन्ने सम्पत्ति विवरण भराएको हो ।

अख्तियारले घिसिङसहित प्राधिकरण प्रवक्ता प्रवल अधिकारी, प्रसारण निर्देशनालयका उपकार्यकारी निर्देशक राजीव शर्मा, उत्पादन निर्देशनालयका कामु उपकार्यकारी निर्देशक हरराज न्यौपाने, आयोजना व्यवस्थापन निर्देशनालयका निमित्त उपकार्यकारी निर्देशक मनोज सिलवाल, सोलार आयोजनाका उपप्रवन्धक एवं प्रमुख विजय चौधरी लगायतलाई १३ पन्ने सम्पत्ति विवरण भराएको हो ।

यी मध्ये चौधरी विद्युत चोरीमा संलग्न रहेको भन्दै पक्राउ परेका प्राधिकरणका डेढ दर्जन कर्मचारीमध्येका प्रमुख हुन । विद्युत चोरीमा २४ घण्टा प्रहरी हिरासतमा बिताएका उनले सोर्स लगाएर उम्किन सफल भएका थिए । घिसिङलाई दुई बर्षअघि पनि राहुघाट जलविद्युत आयोजनाको प्रमुख हुँदा अनियमितता गरेको आशंकामा अख्तियारले १३ पाने भराएको थियो ।

पछि अख्तियारले त्यसलाई तामेलीमा राखेको थियो । अकुत सम्पत्तिको आशंकमा उनीहरुलाई १३ पन्ने विवरण भराएर छानविन भइरहेको भन्दै सम्पत्ति अस्वाभाविक नदेखिए कारवाही अघि बढने स्रोतको भनाई छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org