थाइल्याण्ड उड्दै ओलीले भने, देउवाले विदेशमा पुगेर नेपालको धज्जी उडाएर भारत खुशी पारे
काठमाडौं, ९ भदौं । एमालेका अध्यक्ष केपी ओलीले प्रधानमन्त्री शेरबहादुर देउवाले भारतमा दिएको अभिव्यक्तिले सिंगो मुलुकको शिर निहुरिएको बताएका छन् । भारत भ्रमणका क्रममा देउवाले गरेको गतिविधि र दिएको अभिब्यक्ति सिंगो मुलुकको शिर निहुरीएको दाबी गरेका हुन् । नियमित स्वास्थ्य परीक्षणको लागि थाइल्याण्ड प्रस्थान गर्नुअघि आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै उनले भने, ‘उहाँले विदेशमा गएर असान्दर्भिक रुपमा संविधानको सर्वस्वीकार्यताको कुरा उठाउनु भएको छ । यो कस्का लागि र कस्लाई खुसी पार्न गरिएको हो ?’
ओलीले देशको स्वाभिमानको वास्ता नगरिकन असान्दर्भिक ढंगले संविधानको सर्वस्वीकार्यताको कुरा उठाएको भन्दै त्यसलाई लज्जाको विषय बताएका हुन् । ‘उहाँ देशको प्रधानमन्त्री, यही संविधानको शपथ लिनु भएको छ, त्यही संविधानअन्तर्गत उहाँ प्रधानमन्त्री हुनुभएको छ’ उनले भने, ‘त्यसको सर्वस्वीकार्यताको कुरा उहाँले असान्दर्भिक ढंगले उठाउनु भएको छ । एकदमै असान्दर्भिक ढंगले । त्यहाँ कुनै प्रसंगै थिएन ।’
‘नेपालको संसदले, उहाँ आफै सरिक भएर गरेको निर्णयलाई उहाँले विदेशमा पुगेर धज्जी उडाउनु भएको छ’ ओलीले जोडे, ‘उहाँले गिड्गिडाएर क्षमा याचनाको भाषामा भन्नु भएको छ, प्रभु मैले सकिनँ कोसिस गरेथें, प्रभु मलाई सक्ने बनाइदेउ भन्ने ढंगको उहाँको हाउभाउ र अभिब्यक्ति देखिन्छ ।’
प्रधानमन्त्री देउवाले बिहीबार भारतीय समकक्षी नरेन्द्र मोदीसँगको संयुक्त पत्रकार सम्मेलनका क्रममा नेपालको संविधानलाई सर्वस्वीकार्य बनाउने कोसिस जारी रहेको उल्लेख गर्दै संविधान संशोधनको लागि फेरि प्रयास गरिने उल्लेख गरेका थिए ।
Comments
अरु समाचार
-
‘नेपाल-चीनको सम्बन्ध उचाइमा पुर्याउन सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण ‘
काठमाडौं, असोज १० । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले नेपाल-चीन सरकार र जनताबिचकोे सम्बन्धलाई उचाइमा पुर्याउन दुवै मुलुकका...
-
आज विश्व पर्यटन दिवस: विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदै
काठमाडौँ, ११ असोजः आज सेप्टेम्बर २७ अर्थात् ४५औँ विश्व पर्यटन दिवस नेपालमा पनि विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ । दिवसलाई...
-
शुक्रबार र शनिबार हिमाली तथा पहाडी जिल्लामा रात्रिबस नचलाउन विपद् प्राधिकरणको आग्रह
काठमाडौँ । राष्ट्रिय विपद् जोखिम तथा न्यूनीकरण प्राधिकरणले आगामी चार दिन भारी वर्षाको सम्भावना रहेकाले उच्च जोखिम रहेका हिमाली र...
-
एकसय ५९ अधिवक्तालाई ‘वरिष्ठ अधिवक्ता’को उपाधि दिइने
काठमाडौँ। सर्वोच्च अदालतले एकसय ५९ अधिवक्ताहरुलाई वरिष्ठ अधिवक्ताको उपाधि प्रदान गर्ने निर्णय गरेको छ । सर्वोच्च अदालतको पूर्ण बैठक (फूल...
-
भैरहवा भन्सारबाट व्यापक राजस्व छली
काठमाडौं । भैरहवा भन्सार जस्तो देशको दोस्रो ठुलो भन्सार कार्यालयमा विगतमा रसुवा र मेची भन्सार कार्यालय बस्दा धेरै राजस्व चुहावट...
-
उपनिर्वाचनका लागि मंसिर २ गते मनोनयन दर्ताको समय
काठमाडौं । स्थानीय तह उपनिर्वाचनका लागि आगामी मङ्सिर २ गते उम्मेदवारी दर्ता हुने भएको छ । निर्वाचन आयोगले बिहीबार प्रेस...
-
सभापति पक्राउ पर्ने सम्भावना बढेको भन्दै चीन गएको रास्वपाको टोली स्वदेश फर्कियो
काठमाडौं । पहिलो पटक चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा चीन भ्रमणमा गएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को टोली बिहिबार काठमाडौँ...
-
मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु, एक जना घाइते
काठमाडौं । बाँकेमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ, भने अर्का एक जना घाइते भएका छन् । राप्तीसोनारी...
-
भरतपुर महानगरपालिकाद्वारा अतिक्रमित संरचना हटाउन सुरु
काठमाडौं । भरतपुर महानगरपालिकाले पुङ्गी खोला मिचेर बनाइएका संरचना भत्काउन थालेको छ । नारायणगढको लायन्सचोकदेखि प्रहरी तालिम केन्द्रसम्मका संरचना भत्काउन...