ताजा समाचार

नेपाली सेनाद्वारा ऐतिहासिक टुङ्ना गुफासम्म जाने गोरेटो बाटो निर्माण

तेह्रथुम, ११ भदौं । नेपाली सेनाले ऐतिहासिक टुङ्ना गुफासम्म पुग्ने बाटो निर्माण गरेको छ । तेह्रथुमको म्याङ्लुङ बजार नजिकैको दशकते सामुदायिक वन परिसरमा रहेको ऐतिहासिक टुङ्ना गुफासम्म पुग्नका लागि नेपाली सेनाले गोरेटो बाटो निर्माण गरेको हो । सेनाले ऐतिहासिक गुफासम्म पुग्न र अवलोकन गर्न चाहनेलाई सहज होस् भनेर बाटो निर्माण गरिदिएको हो ।

म्याङ्लुङस्थित नेपाली सेनाको इन्द्रदल गुल्मका जवानले बाटो निर्माण गरिदिएको गुल्मपति महेश्वर कार्कीले जानकार िदिए । यसअघि स्थानीयवासी राम तुम्बाहाङ्फेले निजी लगानीमा युवासहित टुङ्ना गुफा ओझेलमा रहेको भन्दै त्यहाँसम्म पुग्नका लागि बाटो बनाउने काम थालेका थिए ।

गोरेटो बाटोमा ५५ जनाभन्दा बढी नेपाली सेना र स्थानीयवासीले श्रमदान गरेका थिए । म्याङ्लुङस्थित बसपार्क नजिकै रहेको हावा खाने बरदेखि पाँच मिनेट पैदल हिँडेपछि पुग्न सकिने ओडार हुँदै हाङ्साम महादेव गुफासम्म पुग्ने बाटो निर्माण गरिएको हो । यहाँ घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकले सिंहवाहिनी मन्दिर, बाघकोरे मन्दिर, नागा ओढार, थलायक डाँडा र गढी यक डाँडाको भ्रमण तथा अवलोकन गर्ने गरेका छन् । रासस

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org