ताजा समाचार

टिचिङमा निःशुल्क मिर्गौला प्रत्यारोपण अझै सुरु भएन

काठमाडौं, १२ भदौ । सरकारले निःशुल्क मिर्गौला प्रत्यारोपण सेवा ल्याएको ५ महिना बित्दा पनि त्रिवि शिक्षण अस्पताल टिचिङले भने यो सेवा दिएको छैन । बैशाख १ देखि लागु हुने गरी मिर्गौला प्रत्यारोपण सेवा निःशुल्क हुने सरकारले घोषणा गरेको थियो ।

टिचिङ नेपालको सबैभन्दा पुरानो र धेरै मिर्गौला प्रत्यारोपण हुने केन्द्र पनि हो । साता अघिदेखि अस्पतालअन्र्तगत सामाजिक सेवा एकाईको ढोकामै सुचना टाँसेर अस्पतालले निःशुल्क मिर्गौला प्रत्यारोपण सेवा दिन नसक्ने जनाएको खबर आजको कान्तिपुर दैनिकमा छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org