ताजा समाचार

हार्वे नामक तुफानका कारण अमेरिकामा ५ जनाको मृत्यु, दुई हजार मानिसको उद्धार

काठमाडौं, १२ भदौ । अमेरिकाको टेक्सासमा आएको हार्वे नामको समुद्री आँधीमा परी पाँच जनाको ज्यान गएको छ । हस्टन र वरिपरीबाट दुई हजारभन्दा बढीको उद्धार गरिएको अधिकारीहरुले जनाएका छन् । लगातार आँधी र पानी परिरहेकाले जनजीवन अस्तव्यस्त बनेको छ ।बाढी प्रभावितका लागि सेल्टर स्थापना गरिएको छ । टेक्सासका गर्भनर ग्रेग एब्बोटले तुफानका कारण झण्डै २५० सडकखण्ड बन्द भएका बताएका छन् । यस्तै बाढीका कारण हस्टन नगर क्षेत्रमा आपतकालिन अवस्था घोषणा गरेको छ ।

मानिसहरुलाई सार्वजनिक आश्रयस्थलहरुमा राखिएको छ । अमेरिकाको राष्ट्रिय मौसम केन्द्रले परिस्थिति कल्पना गरेभन्दा बाहिर पुगेको जनाएको छ । २५० भन्दा बढी सडक मार्गहरु बन्द हुँदा आवागमन ठप्प भएको छ । विमानस्थल बन्द गरिएको छ । १३ वर्ष यताको सबैभन्दा खतरनाक मानिएको यस आँधी बुधवारसम्मै कायम रहने बताइएको छ ।

२ सय १५ किलोमिटर प्रतिघण्टाको गतिमा रहेको आँधीले तटीय क्षेत्र बढी प्रभावित भएको छ । सडक, विद्युत्, खानेपानी, टेलिफोन जस्ता अत्यावश्यक सेवाहरु लगभग ठप्प बनेका छन् राज्य सरकारले उद्धारका लागि सम्पूर्ण शक्ति लगाएको जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org