गृहमन्त्रालयको कामै नक्कली गाडी नियन्त्रण गर्ने तर राज्य मन्त्रीकै गाडीमा फर्जी नम्बर
काठमाडौं, १३ भदौं । गृह मन्त्रालयको कामै नक्कली गाडी नियन्त्रण गरी कानुनी कारबाही गर्नु हो । मन्त्रालयको उद्देश्यविपरीत गृह राज्यमन्त्री श्यामकुमार श्रेष्ठले नै पदमा बहाल भएको दिनदेखि फर्जी नम्बर प्लेटको गाडी चढ्न थालेका छन् । श्रेष्ठले बा १ झ १००९ नम्बरको ल्यान्डक्रुजर प्राडो गाडी चढ्दै आएका छन् । यो गाडीको वास्तविक नम्बर बा ६ च १००९ हो । यो नम्बरको गाडी चमेलिया जलविद्युत आयोजनाको नाममा बागमती यातायात साना तथा ठूला सवारी कार्यालय, एकान्तकुनामा दर्ता छ ।
रातो–नीलो नम्बर प्लेटको बा १ झ १००९ नम्बर को गाडी आफ्नो विभाग मातहतमा दर्ता नै नरहेको जानकारी यातायात व्यवस्था विभाग र साना तथा ठूला सवारी कार्यालयका अधिकारीले दिए । ‘त्यो नम्बरको रातो–नीलो नम्बर प्लेटको गाडी यातायात कार्यालयमा दर्ता नै छैन’ यातायात कार्यालयका एक अधिकारीले भने ।
ती अधिकारीका अनुसार बा १ झ १००९ नम्बरको एउटा पुरानो गाडी छ हुलाक विभागको नाममा । ‘एउटै नम्बरका दुइटा गाडी दर्ता हुनै सक्दैनन्’ ती अधिकारीले भने । कानुन पालना गराउनु पर्ने र नक्कली गाडी नियन्त्रण गर्नुपर्ने गृह राज्यमन्त्री श्रेष्ठले फर्जी नम्बरको सवारीमात्र चढेका छैनन् कि उनी या उनको चालकले गाडी चलाएका बेला कसैलाई ठक्कर दिएमा, कुनै गैरकानुनी कार्य गरेमा हुलाक विभागमा दर्ता रहेको गाडीका चालक कानुनी फन्दामा पर्ने चिन्ता यातायात कार्यालयका अधिकारी व्यक्त गर्छन् ।
‘राज्यमन्त्रीको फर्जी नम्बरको गाडी कतै दर्ता छैन, यदि त्यसले ठक्कर दिएमा या अन्य गैरकानुनी कार्य गरेमा वास्तविक नम्बर प्लेटको हुलाक विभागको गाडीको चालक कानुनी फन्दामा पर्नेछन्’ यातायात कार्यालयका अधिकारीले भने ।
कसरी फर्जी नम्बर ?
‘गृह राज्यमन्त्री श्रेष्ठको गाडीमा कसरी फर्जी नम्बर राखियो ?’ गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदी भन्छन्, ‘मलाई थाहा छैन । मन्त्रालयको व्यवस्थापन महाशाखा हेर्ने सहसचिव हरिशरण पुडासैनीलाई थाहा होला ।’ पुडासैनीलाई सोमबार साँझ सम्पर्क गर्न खोज्दा उनको मोबाइल स्वीच अफ थियो । श्रेष्ठलाई राज्यमन्त्री हुनासाथ रातो नम्बर प्लेटको चमेलियाको बा ६ च १००९ नम्बरको गाडी चढ्न दिइयो ।
स्रोतका अनुसार गृह मन्त्रालयले राज्यमन्त्रीले चढ्ने गाडीमा रातो–नीलो नम्बर प्लेट राख्यो, त्यो पनि यातायात कार्यालयको स्वीकृतिबिनै । गृह मन्त्रालयले रातो प्लेटको ‘बा ६ च १००९’ को ठाउँमा यातायात कार्यालयको स्वीकृतिबिनै गैरकानुनी रूपमा फर्जी सरकारी नम्बर ‘बा १ झ १००९’ राखेर चढ्न दिएको हो । यसअघि चमेलिया आयोजनाको ल्यान्डक्रुजर प्राडो गाडी तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल, झलनाथ खनाल र पुष्पकमल दाहालले आफ्नो कार्यकालभर यसरी नै फर्जी नम्बर राखेर चढेका थिए ।
श्रेष्ठले कसरी पाए चमेलियाको गाडी ?
श्रेष्ठ ऊर्जा मन्त्रालय मातहतको गाडी चढ्न पाउने भाग्यमानी गृह राज्यमन्त्री हुन् । ऊर्जामन्त्री महेन्द्रबहादुर शाही या विद्युत प्राधिकरण आयोजनाका कार्यकारी निर्देशक कुलमान घिसिङमध्ये एकले चमेलियाको गाडी श्रेष्ठलाई चढ्न दिएको जानकारी ऊर्जा मन्त्रालय स्रोतले दिए । शाही र श्रेष्ठ एउटै पार्टीका सांसद हुन् भने घिसिङ र श्रेष्ठको गृह जिल्ला एउटै रामेछाप हो । यो गाडी यसअघि प्राधिकरणका कार्यकारी निर्देशकले चढ्थे । राज्यमन्त्री श्रेष्ठ पदमा बहाल भएको दिनदेखि राजधानीको ‘स्वयम्भु पिस होटल’ मा बस्दै आएका छन् । यो खबर आजको कान्तिपुरमा छ ।
Comments
अरु समाचार
-
यसरी मनाइँदैछ विश्व पर्यटन दिवस
काठमाडौँ, ११ असोजः आज सेप्टेम्बर २७ अर्थात् ४५औँ विश्व पर्यटन दिवस नेपालमा पनि विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ । दिवसलाई...
-
शुक्रबार र शनिबार हिमाली तथा पहाडी जिल्लामा रात्रिबस नचलाउन विपद् प्राधिकरणको आग्रह
काठमाडौँ । राष्ट्रिय विपद् जोखिम तथा न्यूनीकरण प्राधिकरणले आगामी चार दिन भारी वर्षाको सम्भावना रहेकाले उच्च जोखिम रहेका हिमाली र...
-
एकसय ५९ अधिवक्तालाई ‘वरिष्ठ अधिवक्ता’को उपाधि दिइने
काठमाडौँ। सर्वोच्च अदालतले एकसय ५९ अधिवक्ताहरुलाई वरिष्ठ अधिवक्ताको उपाधि प्रदान गर्ने निर्णय गरेको छ । सर्वोच्च अदालतको पूर्ण बैठक (फूल...
-
भैरहवा भन्सारबाट व्यापक राजस्व छली
काठमाडौं । भैरहवा भन्सार जस्तो देशको दोस्रो ठुलो भन्सार कार्यालयमा विगतमा रसुवा र मेची भन्सार कार्यालय बस्दा धेरै राजस्व चुहावट...
-
उपनिर्वाचनका लागि मंसिर २ गते मनोनयन दर्ताको समय
काठमाडौं । स्थानीय तह उपनिर्वाचनका लागि आगामी मङ्सिर २ गते उम्मेदवारी दर्ता हुने भएको छ । निर्वाचन आयोगले बिहीबार प्रेस...
-
सभापति पक्राउ पर्ने सम्भावना बढेको भन्दै चीन गएको रास्वपाको टोली स्वदेश फर्कियो
काठमाडौं । पहिलो पटक चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा चीन भ्रमणमा गएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को टोली बिहिबार काठमाडौँ...
-
मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु, एक जना घाइते
काठमाडौं । बाँकेमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ, भने अर्का एक जना घाइते भएका छन् । राप्तीसोनारी...
-
भरतपुर महानगरपालिकाद्वारा अतिक्रमित संरचना हटाउन सुरु
काठमाडौं । भरतपुर महानगरपालिकाले पुङ्गी खोला मिचेर बनाइएका संरचना भत्काउन थालेको छ । नारायणगढको लायन्सचोकदेखि प्रहरी तालिम केन्द्रसम्मका संरचना भत्काउन...
-
लुम्बिनी प्रदेश सरकारले विश्व पर्यटन दिवस दाङमा मनाउने
काठमाडौं । लुम्बिनी प्रदेश सरकार, उद्योग पर्यटन तथा यातायात मन्त्रालय पर्यटन विकास परिषद् र घोराही उपमहानगरपालिकाको संयुक्त आयोजनामा यही असोज...