ताजा समाचार

उर्जामन्त्री सहित मिलेर आफुलाई हटाउन लागेको भन्नै आरोप निराधार भएको कुलमानको दाबी


काठमाडौं, १३ भदौं । नेपाल बिद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आफुलाई हटाउन लागेको भन्दै आरोप निराधार भएको बताएका छन् । उर्जा मन्त्री महेन्द्र बहादुर शाही लगायतले आफुलाई हटाउन लागेको भन्ने आरोप निराधार भएको बताएका हुन् । अख्तियार लगाएर हटाउन खोजेको भन्ने आरोपमा सत्यता नरहेको र अहिलेको ऊर्जा संकट समाधान गर्न मन्त्री र आफू सँगसँगै रहेको घिसिङले दाबी गरेका छन् ।

मंगलबार एक बिज्ञप्ति जारी गर्दै घिसिङले उर्जा मन्त्री शाहीको नेतृत्वमा समग्र ऊर्जा क्षेत्रको पुर्नसंरचना गरी ऊर्जामा आत्मनिर्भर बनाउने लगायतका काम भइरहेको समेत जानकारी दिए । ‘ऊर्जा मन्त्री, उर्जा सचिव लगायत उर्जा मन्त्रालय तथा विद्युत प्राधिकरणको सम्पूर्ण टिम एक ढिक्का भएर उर्जा क्षेत्रको तत्कालीन र दीर्घकालीन समस्या समाधान गर्न तदारुकताका साथ अगाडि बढिरहेका छ ।’ बिज्ञप्तीमा भनिएको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक घिसिङ र उर्जा मन्त्री लगायत मन्त्रालयका पदाधिकारीबीचको सम्बन्ध चिसिएको खबर सार्वजनिक भएपछि उनले विज्ञप्ती नै जारी गरेका हुन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org