पूर्वप्रधानन्यायाधीश सुशीला कार्की भन्छिन्, ‘यो देशमा म इमानदार बन्छु, म जनताको सेवा गर्छु भन्न नपाइने’
काठमाडौं, १४ भदौ । पूर्वप्रधानन्यायाधीश तथा न्यायाधीश कस्ता कार्यक्रममा जाने भन्ने बहस छ। मलाई यस्ता कार्यक्रममा आउँदा आलोचना हुने हो कि भन्ने पनि छ। वास्तवमा पुस्तक विमोचनको निम्तो पाएपछि म सुरुमा अलिकति हच्किएको थिएँ। त्यसको कारण पनि छ। संविधानले पनि कानुनले पनि सबैतिर बाटो थुनेर हामीलाई एउटा मानव अधिकार आयोगतिर मात्र देखाएको छ।
त्यहाँ एक जना हुने हो, सबै अट्ने कुरा आउँदैन। कहाँ के बोल्ने, के नबोल्ने। अस्ति डा. गोविन्द केसी जीकोमा यस्सो देखिएको थिएँ, समर्थन र आलोचना दुवै भयो। प्रधानन्यायाधीश अथवा न्यायाधीशहरूले अवकाशपछि के गर्ने, के नगर्ने भन्नेबारे अस्पष्ट छ। कसैले गर्नुहुन्छ भन्नुहुन्छ, कसैले गर्नुहुन्न भन्नु हुन्छ।
आजको कान्तिपुरमा लेखिएको छ, हुन त काम गर्दै गइयो, महाअभियोग फेस गर्नुपर्यो। फेरि महाअभियोग लगाउनेहरूले नै फिर्ता लिए। जेसुकै भए नि मलाई त्यति दुःख लागेको छैन। सर्वोच्च अदालतमा बस्ने प्रधानन्यायाधीश अथवा प्रधानन्यायाधीश हुने लाइनबाट निष्कासित, जो प्रधानन्यायाधीश हुने लाइनमा हुनुहुन्थ्यो, प्रकाश वस्तीजी, उहाँले अवसरै पाउनुभएन। धेरै कथा छन्।
प्रधानन्यायाधीशहरूले, जसले सत्ताको वरिपरि अथवा जो बिहान–बेलुका चिया खान पुग्नु भो अथवा त्यहाँ उनीहरूको सम्झौता वा सहमति केही भयो भने त ठिकै छ। नत्र जसले इमानदारीपूर्वक न्याय दिन्छु भन्छन् ती सबैले (चुनौती र चेतावनी) फेस गरेकै हुन्छन्।
प्रकाश वस्तीजीलाई कुनै एक चर्चित व्यक्तिले फोन गरेर कुनै मुद्दाको काम गरिदिन भन्यो। उहाँले सक्दिनँ भन्नुभयो। उहाँलाई त्यतिबेलै धम्की आयो कि, अब प्रधानन्यायाधीश बनेर हेर्लास् भनेर। तँलाई प्रधानन्यायाधीश बनाउनेकहाँ चामल, दाल, घिउ त मैकहाँबाट जान्छ भनेर सम्म भनियो, त्यतिखेर। हामीलाई आश्चर्य लाग्यो, तैपनि कसरी प्रधानन्यायाधीश नबन्नुहोला भन्ने पनि लाग्यो। नभन्दै प्रमाणित भयो, उहाँ त्यो लाइनमा आउन सक्नुभएन।
यहीं हुनुहुन्छ, कल्याण श्रीमान् (पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ), उहाँले एक दिन एउटा यस्तो फैसला गर्नुभयो, जहाँ हामी नै २(३ घण्टा रोकियौं सर्वोच्चभित्रै। बाहिर त अपरेसन वार। २/४ घण्टा त सडकै जाम। भ्रष्टाचारविरुद्ध फैसला थियो त्यो, धेरै दिनसम्म उहाँले त्यसको प्रतिक्रिया फेस गर्नुपर्यो। रामप्रसाद श्रेष्ठ श्रीमान् (पूर्वप्रधानन्यायाधीश) एक दिन हर्रर आउनुभयो र मलाई प्रधानन्यायाधीश बनाइदिए भनेको मान्नुपर्ने रे, नबनाए नबनाउनु भन्दिएँ भन्नुभयो। मैले पनि त्यही कुरा सुनुवाइका बेला भन्दिएँ। तीन महिनासम्म मलाई प्रधानन्यायाधीश बनाइएन, झुन्डयाएरै राखियो। अग्रजको शब्द सम्झिँदै मैले पनि सुनुवाइमा भने, ‘तिमीलाई बनाउन मन छ बनाऊ, नबनाए मेरो के जान्छ !’ यसरी सुनुवाइ पार गरेको थिएँ।
यस्ता कुरा सबैले फेस गरेका छन्। प्रकाश वस्तीजीले एउटा सुनको थालमा धुप–नैवेद्य राखी लगेर चढाइदिएको भए उहाँ प्रधानन्यायाधीश बन्नुहुन्थ्यो, तर त्यो उहाँले गर्नु भएन। बहुत दुःख छ। तत्कालीन प्रधानन्यायाधीश कल्याण श्रेष्ठले पनि भ्रष्टाचारका मुद्दा थोरै हेर्नु भएन। उहाँको सकस मैले बुझेको थिएँ। म त दोस्रो पंक्तिमा थिएँ नि। यो देशमा म इमानदार बन्छु, म जनताको सेवा गर्छु, म घूस खान्न, अनियमित काम गर्दिनँ भन्न नपाइने देश। जसले सहयोग गर्नुपर्ने, त्यही व्यक्ति कालोपट्टी बाँधेर हिँड्छ। कस्तो देश हो यो ?
म निष्ठावान हुन्छु भन्दा त्यसको विरोध हुन्छ। म तपाईंहरूलाई भन्छु, यदि फटाहा, बदमास यो मुलुकमा कोही छन् भने लुगा लाउन नपाउने, झुत्रो लुगा लगाउने, खान नपाउने, गरिब, निमुखा होइनन्, हामी हौं हामी। पढेलेखेका नै हौं। हामीले नै फट्याइँ गरिरहेका छौं, अरू होइन। किनभने हामीलाई उपयुक्त लाग्यो, फाइदा हुने भयो भने ठिकै छ भन्छौं, विरोध गर्दैनौं। नत्र त हामीले भ्रष्टाचारको इन्च–इन्चमा विरोध गर्नुपर्ने होइन र आज सडक बन्छ, एक झरी पानीले बग्छ। पुल बन्छ, एक रातमा भत्कन्छ। भ्रष्टाचार होइन ? जनताको राजस्व दुरुपयोग भएको कुरामा हामी बोल्दैनौं। हरिबहादुर थापाजीले त किताब (रजगज) मा लेखेर आफ्नो प्रतिबद्धता जनाउनुभएको छ। उहाँले लेखेका कुरा सबै हामीलाई थाहा छ, सबै भएकै कुरा हो। उहाँले संहिताबद्ध गर्नुभएको हो। र, पढ्नलाई व्यवस्थित बनाउनुभएको हो। उहाँ धन्यवादको पात्र हुनुहुन्छ।
Comments
अरु समाचार
-
तामाकोसी जलविद्युत् आयोजनाको पहिरोमा पुरिएरका चार जना अझै बेपत्ता
काठमाडौं । दोलखाको बिगु गाउँपालिका–१ लामाबगरस्थित चार सय ५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनामा पहिरोले पुरिएका चार जना अझै बेपत्ता...
-
बाढीका कारण १६ वटा जलविद्युत् आयोजनामा क्षति
काठमाडौं । अविरल बर्षापछि आएको बाढीपहिरोका कारण विभिन्न १६ वटा जलविद्युत् आयोजनामा क्षति पुगेको छ । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था...
-
विपद् राहत कोषमा ५० लाख जम्मा गर्ने कांग्रेसको निर्णय
काठमाडौं । नेपाली कांग्रेसले लगातारको वर्षाका कारण आएको बाढी र पहिरोबाट पीडित बनेका नागरिकलाई तत्काल उद्धार र राहत कार्यलाई तिव्रता...
-
सुनको मूल्य घट्यो
काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला रु छ सयले घटेको छ । लगातार उकालो लाग्दै आएको सुनको मूल्यमा...
-
जलसतह घटेपछि कुलेखानी बाँधको ढोका बन्द
काठमााडौं । मकवानपुरको इन्द्रसरोवर गाउँपालिकास्थित कुलेखानी प्रथम जलविद्युत् आयोजनाको जलाशय (इन्द्रसरोवर ताल) को ढोका बन्द गरिएको छ । जलाशयमा क्षमताभन्दा...
-
मौसमअनुकूल भएसँगै हवाई सेवा सञ्चालन
काठमाडौं । मौसमअनुकूल भएसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका साथै अन्य आठ वट विमानस्थलबाट हवाई सेवा सञ्चालन भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय...
-
एमाले केन्द्रीय कार्यालयको बैठक बस्दै
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले केन्द्रीय कार्यालयको आकस्मिक बैठक बोलाएको छ । पार्टी महासचिव शङ्कर पोखरेलले बैठक बोलाएको बैठकमा...
-
सत्तरी वर्षपछि सुनकोशी र रोशीमा भयानक बाढी
काठमाडौं । रोशी र सुनकोशीको बाढीबाट सिन्धुली सर्वाधिक प्रभावित भएका छन् । जिल्लाका गाउँबस्ती, फाँट, सडक, विद्यालय भवन, विद्युत् आयोजना,...
-
कार्यवाहक प्रधानमन्त्री सिंहद्वारा सर्वदलीय बैठक आह्वान
काठमाडौं । कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले सर्वदलीय बैठक आह्वान गरेका छन्। आज दिउँसो १ः०० बजे प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बस्ने गरी...