ताजा समाचार

अखिल क्रान्तिकारीको अध्यक्षमा रञ्जित तामाङ विजयी, अन्य को-को निर्वाचित भए ? (सूचिसहित)

काठमाडौं, १७ भदौ । नेकपा माओवादी केन्द्र निकट अनेरास्ववियु क्रान्तिकारीको अध्यक्षमा रञ्जित तामाङ निर्वाचित भएका छन् । शनिवार बिहान सम्पन्न मतगणनामा तामाङले ८४५ मत ल्याएर निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धी अनिल शर्माले ८२२ ल्याएको निर्वाचन समितिका संयोजक रमेश मल्लले जानकारी दिए ।

यसैगरी खुला उपाध्यक्षमा सुरेन्द्र बस्नेत, तिलकराज भण्डारी, दीपक देवकोटा र विजय गौतम विजयी भए भने महिला उपाध्यक्षमा पञ्चा सिंह, जनजाति उपाध्यक्षमा दीपेश पुन र मधेशी उपाध्यक्षमा रविकिरण यादव तथा महासचिवमा उत्तम अधिकारी र कोषाध्यक्षमा केशव रावल निर्वाचित भए । पञ्चाले निर्वाचनकै लोकप्रिय मत ल्याइन् ।

एक्काइसौँ राष्ट्रिय सम्मेलनबाट ३३ पदाधिकारीसहित २४३ नयाँ कार्यसमिति चयन गरिएको छ । क्रान्तिकारीमा पहिलो पटक मतदान प्रक्रियाबाट नयाँ नेतृत्व चयन गरिएको हो । यही भदौ ७ गतेदेखि भएको क्रान्तिकारीको सम्मेलन आज नयाँ नेतृत्व चयन गर्दै सकिएको हो । निर्वाचन प्रक्रियामा दुई हजार १५ मतदातामध्ये करिब एक हजार ७०० ले भाग लिएका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org