ताजा समाचार

यी हुन्, क्षेत्रपाटीबाट बरामद भएको ८८ किलो सुनका मालिक चिनियाँ नागरिक

काठमाडौं, २० भदौ । काठमाडौंको क्षेत्रपाटीबाट बरामद भएको ८८ किलो सुनका मालिक चिनियाँ नागरिक भएको खुलासा भएको छ । सोमबार सुन सहित पक्राउ परेका गाडी चालक मनोज अधिकारीको वयानको आधारमा प्रहरीले सुन मालिक चिनियाँ नागरिक पान विइ मिङ भएको खुल्न आएको हो ।

‘सुन तस्कर गर्ने चिनियाँ नागरिक हुन्’ महाशाखाका एसएसपी दिवेश लोहनीले भने, ‘तस्कर गर्नेको नाम हामी पछि सार्वजनिक गर्छौ। अहिले अनुसन्धानको क्रममा छ।’

प्रहरीका अनुसार मिङले चार वर्षदेखि क्षेत्रपाटीमा काठमाडौं वन होटल संचालन गर्दै आएका छन्। चीन बसेर नेपालमा होटल संचालन गर्दै आएका उनलाई पत्नी याङ वेनले पनि सघाउँदै आएको प्रहरीको प्रारभ्भिक अनुसन्धानले देखाएको छ ।

नेपाल भन्दा बढी समय उनीहरु चीनमा नै बस्छन्। हाल उनीहरु चीनमा नै छन् । होटल संचालन गरेर मिङ दम्पत्तिले ४ वर्षदेखि सुन तस्कर गर्ने गरेको प्रहरीले जनाएको छ।

प्रहरीले सोमबारै उनीहरुले संचालन गर्ने गरेको होटलमा पुगेर पनि छापा मारेको छ। चीनबाट सुन ल्याएर धेरै मात्रामा भारत पठाउँदा रहेछन् प्रहरी स्रोतले भन्यो, नेपालबाट चीनमा डलर तस्करी गर्नेमा पनि उनीहरुको नाम मुछिएको छ।

चिनियाँ नागरिक मिङ दम्पत्तिको नेपालमा धनाढ्यसमूहसँग राम्रो हिमचिम रहेको छ। नेपालमा हिमचिम भएका ती धनाढ्यहरुलाई पनि निगरानीमा राखिएको प्रहरीले जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org