ताजा समाचार

एनआरएन दक्षिण कोरियाको अध्यक्षमा लक्ष्मी गुरुङ निर्वाचित

दक्षिण कोरिया । एनआरएन दक्षिण कोरियाको छैटौं महाधिवेशनबाट लक्ष्मी गुरुङ अध्यक्ष पदमा निर्वाचित भएकी छिन् । कोरियाको राजधानीको सिओलको हिस्ट्री एण्ड कल्चर स्थित चुङगु कुकमिन हवेगानमा आइतबार भएको महाधिवेशमा गुरुङ निर्वाचित भएकी हुन् । कुल मतदाता २२८३ मध्ये६३ प्रतिशत अर्थात् १४७४ जना मतदाताले मतदान गरेको निर्वाचन मण्डलमा संयोजक केपी सिटौलाले जानकारी गराए । आईसीसीको दुई प्रतिनीधिमा प्रकाश धमाला र लोचन राई निर्वाचित भएका छन् ।

वरिष्ठ उपाध्यक्षमा विपिन गुरुङ निर्वाचित भएका छन् भने  उपाध्यक्षमा साजन शर्मा,जीवन कुमार थापा र अमृत राई निर्वाचित भएका छन् । त्यस्तै महासचिवमा ईन्दिरा जोशी निर्वाचत भएकी छिन ।  सचिवमा नेत्र नारायण पौडेल र नविन पूडासैनी निर्वाचित भएका छन् । अर्का सचिव पदको मत गनणामा नविन पूडासैनी र भरत राज सुवेदी बराबर मत भएपछि गोलाप्रथाद्वारा नविन पूडासैनी मनोनित भएको हो ।

कोषाध्यक्षमा लोक बहादुर बानियाँ निर्वाचित भएको छ भने सह (कोषाध्यक्षमा जीतबहादुर थापा सारु मगर निर्वाचित भएको छन् । त्यस्तै सदस्यहरुमा विजय गुरुङ, सुरेश ब्लोन, अंशुवर्मा लिम्बु, सकिन श्रेष्ठ, विजय रेग्मी र देवेन्द्र पोख्रेल निर्वाचित भएको छ । युवा संयोजकमा सन्तोष कुमार राई र महिला संयोजकमा भावना गुरुङ र्निविरोध चयन भएका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org