ताजा समाचार

विश्वकै सबैभन्दा अग्लो शिखर सगरमाथा आफ्नो भएको रुसको दाबी

काठमाडौं? २७ भदौ । रुसले विश्वकै सबैभन्दा अग्लो शिखर माउन्ट एभरेस्ट अर्थात सगरमाथा आफ्नो भनि दाबी गरेको छ । प्रशान्त महासागरदेखि आर्कटिकसम्मको क्षेत्रलाई लिएर रुसको कैयौं विवादास्पद र प्रतिस्पर्धात्कम इलाकामाथि दाबी रहँदै आएको अवस्थामा सगरमाथालाई समेत आफ्नो दावी गरेको हो । सोमबार मस्कोका कूटनीतिक शाखाले इन्टरनेटमा राखेको सूचनाले बैलाई आश्चर्य चकित पार्ने गरी विश्वकै सगरमाथा आफ्नो भएको दाबी गरेको हो ।

बेलायतस्थित रुसी दूतावासले ट्वीटरमा नियमित पोस्ट गरिएका शुभ प्रभात अभिवादनहरुमध्येको एउटामा उक्त आशयको तस्वीर पोस्ट गरिएको छ । बेलायतस्थित रुसी दूतावासको उक्त मेटिइसकेको ट्विटमा माउन्ट एभरेस्टलाई रुसी भूभाग बताइएको छ ।

यस ट्विटप्रति सामाजिक सञ्जालमा धेरैले नै प्रतिक्रिया दिएका थिए । उक्त दाबीलाई लिएर चीन र नेपालले मुद्दा उठाउन सक्नेमा धेरैले जोड दिएका छन् । केहीले उक्त पोस्टबाट दूतावासले ध्यानाकर्षण गर्न चाहेको आरोप लगाएका छन् । एक जनाले रुसका लागि सबैभन्दा अग्लो ककेसर पहाडी क्षेत्रमा पर्ने माउन्ट एल्ब्रुस र एभरेस्टमा प्रशासन झुक्किएको हुन सक्ने जनाएका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org