ताजा समाचार

पत्रकार न्यौपानेको ‘ट्यालेन्ट शो’

काठमाडौं, २६ भदौ । पत्रकार तथा लेखक दामोदर न्यौपानेले तेस्रो कृति ‘ट्यालेन्ट शो’ ल्याएका छन् । पुस्तक बालबालकालिको मनोविज्ञानमा आधारित रहेको लेखक न्यौपानेले जानकारी दिए । शिक्षकले पढाइमा राम्रो हुने विद्यार्थीलाई बढी प्राथमिकता दिंदा अरू विद्यार्थीलाई कस्तो मनोवैज्ञानिक असर पर्छ भनेर कथामा देखाइएको छ । ‘शिक्षक र अभिभावकले बालबालिकालाई कस्तो व्यहार गर्ने भनेर नजान्दा दोहोरो दबाबमा छन्,’ लेखक न्यौपानेले भने, ‘बालबालिका बुझेर व्यवहार गर्न घचघच्याओस् भनेर यो पुस्तक लेखेको हुँ । यो पुस्तकले बालबालिकालाई हेर्ने हाम्रो दृष्टिकोण बदल्न सघाउ पुग्ने छ । सानाको लागि लेखिएको भए पनि यो ठूलाले पनि पढेर बालबालिकालाई गर्ने व्यवहार बदल्न प्रोत्साहन गर्नेछ ।’ यसलाई स्वेदश प्रकाशनले बजारमा ल्याएको हो । यसको सार्वजनिक राष्ट्रिय बालदिवसको अवसर पारेर भदौ २९ गते गरिने स्वेदश प्रकाशनका ऋषिराम पाण्डेले जानकारी दिए । न्यौपानेको यो तेस्रो कृति हो । पहिलो कृति ‘एम्बुसमा ६ वर्ष’ र दोस्रो कृति ‘कर्म : सिकाइमा गहिरिएको खाडल’ आएका छन् । एम्बुसमा ६ वर्ष माओवादी जनयुद्धले पारेका प्रभावमा केन्द्रित छ भने कर्म बालबालिका केन्द्रित पुस्तक हो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org