ताजा समाचार

मेक्सिको भूकम्प: मर्नेको संख्या २३० पुग्यो, एउटै विद्यालयका २१ जनाको शव फेला

काठमाडौं ५ असोज । मेक्सिकोमा भूकम्पमा परी मर्नेको संख्या २३० पुगेको छ । मंगलबार राति गएको ७ दशमलव १ म्याग्नेच्युटको शक्तिशाली भूकम्पमा एउटै प्राथमिक विद्यालयका २१ जना छात्रछात्राको समेत ज्यान गएको छ । भूकम्पले विद्यालयको भवन भत्किँदा परिएका २१ जना बालबालिका र ५ जना वयस्कको शव भेटिएको हो ।

यो समेत गरी भूकम्पका कारण अहिले २ सय ३० जनाभन्दा बढीको मृत्यु भइसकेको पुष्टि भएको अधिकारीहरुले जनाएका छन् । द्धारकर्ताहरुले विद्यालयको भग्नावशेषमा अझै तीन जना विवितै रहेको बताएका छन् । भत्किएको संरचनाभित्रबाट एक जनाको उद्दार गरिएको छ ।

ठूलो भूकम्पपछि हराइरहेका व्यक्तिको खोज तथा उद्धार कार्य जारी रहेको छ । भूकम्प प्रभावित क्षेत्रहरुमा अझै कैयौं व्यक्ति हराइरहेका छन् । भत्किएका संरचनाभित्र पुरिएका मानिसको खोज जारी छ । भूकम्पका कारण कैयौं घर तथा गिर्जाघर भत्किएका छन् । राष्ट्रपतिले तीन दिने राष्ट्रिय शोकको घोषणा गरेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org