ताजा समाचार

अज्ञात समूहद्धारा ७७ वर्षकी महिलाको विभत्स हत्या

अर्घाखाँची, ५ असोज । अर्घाखाँचीको छत्रदेव गाउँपालिकामा एक बृद्ध महिलाको विभत्स हत्या भएको छ । छत्रदेव गाँउपालिका भगवतीको काउले, उपल्लोधारा टोलमा ७७ वर्षकी श्यामकला पाण्डेको विभत्स हत्या भएको हो । पाण्डेको अज्ञात समुहबाट हत्या भएको प्रहरीले जनाएको छ ।

बुधबार साँझ रक्ताम्य अवस्थामा उनकै घरमा शव भेटिएको छिमेकी राम प्रसाद पाण्डेले बताए । मृतकको टाउको र चिउँडोमा चोटहरु रहेका छन । घटनाको प्रकृति हेर्दा सिलौटाले टाउकोमा प्रहार गरेर हत्या भएको हुनसक्ने जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी उपरीक्षक एकनारायण कोइरालाले जानकारी दिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org