ताजा समाचार

तानसेनको दोभान नजिकै पहिरोले ट्रक र कार पुर्दा तीन जनाको मृत्यु

बुटवल, ७ असोज । तानसेन सडक खण्डको दोभान नजिकै खसेको पहिरोले दुई यातायातका साधन पुर्दा तीन जनाको ज्यान गएको छ । शुक्रबार साझदेखि ढुंगा खसेर अवरुद्ध भएको सडक बिहान एकतर्फी खुलेपछि रोकिएका साधनहरु गन्तव्यतर्फ जाँदै गर्दा पहिरो खसेको थियो ।

घटनामा परी दुई जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । एक जनाको उपचारको क्रममा मृत्यु भएको छ । कारमा सवार गुल्मी बलेटक्सारका यमलाल ज्ञवाली, रुरु गाउपालिकाका तिलकराम भण्डारी र ट्रक चालक पाल्पा तिनाउ गाउपालिकाका माधव रानाको मृत्यु भएको हो । कारमा सवार राधिका भण्डारी भने सकुसल रहेकी छन् ।

सिद्धवावा सडक खण्डमा दैनिकजसो पहिरो खस्ने गरेको छ । पछिल्लो पाँच वर्षमा आधा दर्शन गाडी पुरिएका छन भने दर्जनौको मृत्यु भएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org