ताजा समाचार

क्याटलोनियामा भएको जनमत संग्रहमा ठूलो झडप हुँदा ३८ जना घाइते

काठमाडौं, १५ असोज । क्याटलोनियाको स्वतन्त्रतासम्बन्धी जनमत संग्रहका क्रममा झडप हुँदा ३ सय ३८ भन्दा बढी घाईते भएका छन् । स्पेनबाट अलग देश बनाउनका लागि आइतबार भएको जनमत संग्रहका क्रममा ठूलो झडप भएको हो ।

जनमत संग्रह पक्षधर र प्रहरीबीच भएको झडपमा ३ सय ३८ जना भन्दा बढी घाइते भएको क्याटलन आपतकालीन सेवालाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

स्पेनको संवैधानिक अदालतले उक्त जनमत संग्रह अवैधानिक भएको बताएको छ । तर स्पेनी सरकारले भने मतदान रोक्न आग्रह गर्दै आएको छ ।

जनमत संग्रहमा भाग लिँदै मतदान केन्द्रमा मत खसाल्न लामबद्ध भएकाहरुलाई प्रहरीले हस्तक्षेप गरेको हो । क्याटलन नेताहरुले संघीय प्रहरीले गरेको हस्तक्षेपको आलोचना गरेका छन् ।

प्रहरी अधिकृतहरुले मानिसहरुलाई मतदान गर्नबाट रोकिरहेका छन् । कैयौं स्थानमा मतपत्र र मतपेटिका प्रहरीले आफ्नो नियन्त्रणमा राखेको छ ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org