ताजा समाचार

अमेरिकाको लस भेगासमा अन्धाधुन्ध गोली प्रहार हुँदा २० जनाको मृत्यु

काठमाडौं, १६ असोज । अमेरिकाको लस भेगासमा अन्धाधुन्ध प्रहार हुँदा कम्तिमा २० जनाको ज्यान गएको छ । घटनामा एक सय जनाभन्दा बढी घाइते भएको प्रहरीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । लस भेगासमा रहेको मान्डेले बे रिजोर्ट एण्ड क्यासिनोको बाहिरी क्षेत्रमा सांगीतिक कार्यक्रम भइरहेको ठाउँमा अन्धाधुन्ध गोली प्रहार भएको हो ।

होटलको माथिल्लो क्षेत्रबाट आक्रमणकारीले अन्धाधुन्ध गोली चलाएको प्रत्यदर्शीले बताएका छन् । लस भेगास प्रहरीले घटनामा संलग्न एकजना जवाफी कारवाहीमा मारिएको बताएको छ । एकजनाले मात्रै गोली हानेको प्रहरीले जनाएको छ । घटनामा ज्यान गुमाउनेमा ड्युटी सकायका प्रहरी अधिकारी बढी छन् । ज्यान गुमाउनेको परिचय अहिलेसम्म खुलाइएको छैन । घटनामा घाइते भएकाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org