ताजा समाचार

चितवनमा भालुको आक्रमणबाट एक महिला घाइते, गाडिले हर्न बजाएपछि भालु भाग्यो

चितवन, १६ असोज । भालुको आक्रमणबाट चितवनमा एक महिला घाइते भएकी छन् । भालुको आक्रमणबाट माडी नगरपालिका ६ स्याउलिबासकी २४ वर्षीया सिर्जना विक घाइते भएकी हुन् । उनको अवस्था सामान्य रहेको र पुरानो मेडिकल कलेजमा उपचार भैरहेको चितवन प्रहरीले जनाएको छ ।

मोटरसाइकल चढेर भरतपुर आउने क्रममा चितवन राष्ट्रिय निकुञ्जको ध्रुव पोष्ट नजिकै विकलाई दुईवटा बच्चासहितको भालुले आक्रमण गरेको थियो ।

भालुले बाटो काटिरहेको बेला विक सवार मोटरसाइकल पल्टिएको र भालुले झम्टिएको प्रत्यक्षदर्शीले बताएका छन् । तर, पछाडिबाट आइरहेको अर्को गाडी चालकले हर्न बजाएपछि भालु भागेको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org