ताजा समाचार

ड्युटीमै महिलासँग सेक्स गरिरहेको अवस्थामा भेटिएका प्रहरीमाथि विभागीय कारबाही शुरु

रौतहट, १६ असोज । ड्युटीमै महिलासँग अश्लिल अवस्थामा भेटिएका प्रहरीमाथि विभागीय कारबाही शुरु गरिएको छ । इलाका प्रहरी कार्यालय डुमरियामा कार्यरत प्रहरी जवान मनोज महतोलाई निलम्बन गरी विभागीय कारबाही थालिएको हो ।

एक स्थानीय महिलाको साथमा अश्लिल अवस्थामा भेटाएपछि स्थानीयले महतोलाई समातेर प्रहरी कार्यालयमा बुझाएका थिए । प्रहरी जवान महतोलाई विभागीय कारबाही प्रक्रिया शुरु गरिएको एसपी यज्ञविनोद पोखरेलले जानकारी दिए ।

स्थानीको मागअनुसार नै महतोलाई तत्काल निलम्बन गरी विभागीय कारबाहीका लागि सिफारिस गरिएको पोखरेलले बताए । ड्युटीमै रहेकाबेला आइतबार राती प्रहरी जवान महतोले स्थानीय महिलालाई बोलाएर समाजमा प्रहरीको छबी बिगार्ने काम गरेको भन्दै कारबाही प्रक्रिया अघि बढाएको हो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org