ताजा समाचार

अमेरिकाको लस भेगास गोलीकाण्डमा मर्नेको संख्या ५० पुग्यो (हृदयविदारक तस्बिरसहित)

काठमाडौं, १६ असोज । अमेरिकाको लस भेगासमा बन्दुधारीले अन्धाधुन्ध गोली चलाउँदा कम्तिमा ५० जनाको ज्यान गएको छ । घटनामा दुई सयजना भन्दा धेरै घाइते भएका छन् । लस भेगासमा रहेको मान्डेले बे रिजोर्ट एण्ड क्यासिनोको बाहिरी क्षेत्रमा सांगीतिक कार्यक्रम भइरहेको ठाउँमा स्थानीय सयम अनुसार आइतबार राति अन्धाधुन्ध गोली प्रहार भएको हो ।

६४ वर्षका बन्दुकधारीले होटलको ३२ औँ तलाबाट अन्धाधुन्ध गोली चलाएको प्रहरीले बताएको छ । लस भेगास प्रहरीले घटनामा संलग्न स्टीफन म्याडोकको जवाफी कारवाहीमा मारिएको जनाएको छ ।

उनी स्थानीय बासिन्दा हुन् । घाइतेको स्थानीय अस्पतालमा उपचार भइहेको छ । अमेरिकाको इतिहासमा यो अहिलेसम्मकै ठूला गोली काण्ड हो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org