ताजा समाचार

एमालेसँग पार्टी एकता गर्नेबारे छलफल गर्न माओवादीमा प्रचण्डको नेतृत्वमा समिति गठन

काठमाडौं, १७ असोज । नेकपा माओवादी केन्द्रले एमालेसँग चुनावी तालमेलबारे वार्ता गर्न एक समिति गठन गरेको छ । एमालेले माओवादी केन्द्र लगायतका बामपन्थी दलहरुसँग तालमेल गरेर अगाडि बढ्ने बताईरहेको बेला माओवादी केन्द्रले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा वार्ता समिति गठन गरेको हो । अध्यक्ष प्रचण्ड नेतृत्वको समितिमा नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा सदस्य रहेका छन् । उक्त समितिलाई उच्चस्तरीय समितिको नाम दिईएको प्रवक्ता पम्फा भुसालले जानकारी दिइन् ।

सोमबार झण्डै ६ घण्टासम्म बसेको माओवादी सचिवालय बैठकले आसन्न प्रदेश सभा र प्रतिनिधिसभाको निर्वाचनमा तालमेलबारे छलफल गर्न अध्यक्ष प्रचण्डको नेतृत्वमा समिति गठन गरिएको हो । प्रवक्ता भुसालले भनिन्, ‘चुनावमा एमालेसँग तालमेल गरेर जाने निर्णय भएको छ । त्यसका लागि कहाँ, कसरी तालमेल गर्ने भन्ने विषयमा सबै निर्णय गर्ने जिम्मा अध्यक्ष नेतृत्वको समितिलार्इ दिइएको छ ।’

सो समितिलाई मुलुकको आवश्यकतालाई हेरी तालमेल वा पार्टी एकतासम्मको निर्णय लिनसक्ने गरी जिम्मेवारी दिइएको बताइएको छ । नेकपा एमालेले वाम तालमेल गर्ने निर्णय गरेको भोलिपल्ट माओवादीले यस्तो निर्णय गरेको हो । तालमेलका लागि बिगत केही दिनदेखि एमाले र माओवादी नेताहरुवीच अनौपचारिक छलफल भइरहेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org