ताजा समाचार

नेपालमा लुकेर बसेकी भनिएकी बलात्कारी बाबाकी छोरी हनिप्रित ३९ दिनपछि गिरफ्तार

काठमाडौं, १७ असोज । बलात्कारको आरोपमा जेल सजाय काटिरहेका बाबा राम रहिमकी कथित छोरी हनिप्रितलाई प्रहरीले पक्राउ गरेको छ । बाबुले गरेको अपराधमा संलग्न रहेको आरोपमा प्रहरीको फरार सूचीमा रहेकी हनिप्रित ३९ दिनपछि पक्राउ परेकी हुन् । उनलाई डेराबस्सी पुलिसले मंगलबार मोहालीबाट पक्राउ गरेको हो ।

योभन्दा अघि उनले पंजाब र हरियाणा हाइकोर्टमा आत्मसमर्पण गर्न सक्ने सम्भावना दर्साइएको थियो । राम रहिमलाई गत अगस्ट २५ तारिखमा बलात्कारको मुद्दामा सिबिआई कोर्टले दोषी ठहर गरेको थियो । उनी हेलिकोप्टरमा बाबासँगै रोहतक पुगिने तर त्यसलगत्तै उनी फरार थिइन् । बाबु जेल गएपछि हनिप्रित पहिलो पटक मिडियाको सामुन्ने आइन् । दुई समाचार च्यानललाई दिइएको अन्तर्वार्तामा उनले बुवा जेल गएपछि आफू एक्लै भएको बताइन् । स्मरण रहोस्, हनिप्रितमाथि देशद्रोहको मुद्दा दर्ता छ ।

हनिप्रित भन्छिन्, ‘के एउटी छोरीले आफ्नो बुवालाई प्रेम गर्न सक्दिन ?’

हनिप्रित भन्छिन्, ‘जुन हनिप्रितलाई तपाईंले मिडियामा देखाउनुभयो, उनी त्यस्ती छैनन् । उनलाई यसरी देखाइयो कि म आफैं उक्त पात्रसँग डराउन थालेकी छु । म आफ्नो मानसिक स्थिती बयान गर्न सक्दिनँ । मलाई देशद्रोही भनिएको छ जुन नितान्त गलत हो । आफ्नो बुवासँग एक छोरी अदालत पुग्छिन् । यस्तो अनुमती बिना सम्भव छैन ।’

‘एक युवती यति धेरै आर्मीका बिच एक्लै अनुमती बिना कसरी अदालत जान सक्छिन् ? त्यसमा मलाई गलत ठहराइयो । सबै प्रमाण संसारसामू छ । मलाई लागेको थियो कि बिहान अदालत जान्छौं र बेलुका फर्कनेछौं ।’

राम रहिमसँगको सम्बन्धबारे हनिप्रितले भनिन्, ‘मैले बुझ्न नसकेको कुरा के भने एक छोरी र बुवाको पवित्र सम्बन्धलाई किन यति धेरै बढाइएको छ । मेरो डरको कारण नै यहि थियो कि हनिप्रितलाई कसरी प्रस्तुत गरियो । बुवा र छोरीको सम्बन्धलाई निकै नराम्रो बनाइयो । के एउटा बुवाले छोरीको टाउकोमाथि हात राख्न सक्दैनँ ? के एक छोरीले आफ्नो बुवालाई प्रेम गर्न सक्दिनँ ?’

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org