सिके राउतलाई पक्राउ गर्दा कुर्लिने मानवअधिकारकर्मी देवनारायणलाई पक्राउ गर्दा कहाँ गए ?
काठमाडौं, १८ असोज । यतिबेला सीमा बचाउँ अभियानका अभियान्ता सप्तरी तिलाठीका देवनारायण यादव र उनका छोरा यतिबेला भारतीय हिरासतमा छन् । उनीहरुबिरुद्ध अपहरण मुद्धा दायर गरिएको छ । देवनारायण यादव र उनको छोरा अजयलाई भारतीय प्रहरीले पक्रेर अपहरणको मुद्दा चलाएको छ ।
भारतको सुनौली गएका बेला प्रहरीले अजयलाई पक्रेको थियो । छोरालाई छुटाउन गएका देवनारायणलाई पनि भारतीय प्रहरीले नियन्त्रणमा लिएको थियो । उनीहरु दुबैलाई भारतीय सुरक्षाकर्मीले गाइ वस्तुलाई जस्तो बाँधेर राखिएको छ । यादव बाबुछोरालाई सुपौल जिल्लाको बीरपुर थानामा राखिएको छ । उनीहरुलाई यतिबेला पशु समान व्यवहार गरेर राखिएको छ । हातमा हतकडी लगाएर गाई बस्तुलाई बाध्ने डोरीले बाधिएको छ । यो एउटा अमानविय व्यवहार हो । जुन भारतीय प्रहरीले देखाएको छ ।
सिके राउतलाई गिरफ्तार गर्दा कुर्लिने मानवअधिकारकर्मीहरु यतिबेला तमासा हेरेर बसिरहेका छन् । उनीहरुले नेपाललाई विखण्डन गर्न खोजनेलाई गिरफ्तार गर्दा तुरुन्तै प्रतिक्रिया दिन्छन् । तर एक सीमा बचाउँका अभियान्तलाई भारतीय प्रहरीले पक्राउ गर्दै गाइ वस्तुलाई जस्तो बाँधेर राख्दा किन बोल्दैनन् ?
गत वर्ष सीमा अतिक्रमण गर्दै खाँडो खोलामा बाँध बाध्न आएका भारतीयको प्रतिकार गरेका यादवलाई भारतीयले निगरानीमा राख्दै आएको र अहिले झुठो आरोपमा मुद्दा लगाएको स्थानीयको दाबी छ ।
देवनारायणका छोरा अजयले भारतीय युवतीसँग हालै बिहे गरेका छन् । केटी पक्षले अपहरण गरेको भन्दै उजुरी गरेपछि यादव बाबुछोरालाई पक्रेर अनुसन्धान थालेको भारतीय प्रहरीको भनाइ छ । तर तिलाठीका बासीन्दाले भने यसलाई भारतीयको अतिक्रमणको विरोध गर्दै आएका यादवलाई फसाउन खोजिएको षडयन्त्रको रुपमा लिएका छन् ।
Comments
अरु समाचार
-
एमालेको मतदान बेलुका ८ बजे सकिने, दुई घण्टामा नतिजा
काठमाडौं । नेकपा (एमाले)को ११औं महाधिवेशनको जारी मतदान बेलुका ८ बजे सकिने आकलन गरिएको छ । बिहान ९ बजेर २० मिनेटमा...
-
हर्क साम्पाङ नेतृत्वको पार्टीका उपाध्यक्ष पक्राउ !
काठमाडौं । हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका उपाध्यक्ष राजकुमार तामाङ (विश्वक्रान्ति)लाई प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सिआईबी)ले पक्राउ गरेको छ...
-
पेलेको जमाना गइसक्यो, अब मेस्सीहरू आउँछन: कृष्णगोपाल श्रेष्ठ
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई महान फुटबलर पेलेको उपमा दिएर चर्चामा आएका कृष्णगोपाल श्रेष्ठले अब पार्टीमा नयाँ...
-
एमालेको नेतृत्व चयन गर्न मतदान सुरु
काठमाडौं । नेकपा एमालेको ११औं महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदान सुरु भएको छ । अध्यक्षका प्रत्याशी केपी शर्मा ओली...
-
एमाले महाधिवेशनः महासचिवमा शंकर कि सुरेन्द्र, सम्भावना यस्तो छ !
काठमाडाैं । एमालेको ११ औं महाधिवेशनबाट महासचिवमा सुरेन्द्र पाण्डे निर्वाचित हुने सम्भावना बढ्दै गएको छ । महासचिव पदका कारण अध्यक्षका...
-
चुनाव २०८२ः राजनीतिक दल र उम्मेदवारले १० वटा मात्रै झण्डा प्रयोग गर्न सक्ने
काठमाडौं । निर्वाचन आयोगले चुनाव प्रचारप्रसारका क्रममा धेरै झण्डाको प्रयोग नहोस् भन्ने उद्देश्यले नयाँ व्यवस्था प्रस्ताव गरेको छ । आयोगले...
-
Nepal–China Investment Symposium Emphasizes Economic Cooperation and Investment Growth
Kathmandu,16 Dec : Nepal’s Finance Minister, along with leading industrialists and business representatives, has called upon Chinese entrepreneurs and business...
-
खगेन्द्रप्रसाद र रुद्रकली भैरहवा पुगे, बुधबार कतार उड्ने !
काठमाडौं । नेपाल सरकारले कतारलाई उपहारस्वरुप प्रदान गरेका खगेन्द्रप्रसाद र रुद्रकली हात्ती मंगलबार बिहान भैरहवा आइपुगेका छन् । सोमबार मध्यान्ह...
-
हर्षल पाठक नेपाली महिला क्रिकेट टीमको मुख्य प्रशिक्षक नियुक्त
काठमाडौं । हर्षल पाठक नेपाली महिला राष्ट्रिय क्रिकेट टीमको मुख्य प्रशिक्षक नियुक्त भएका छन् । उनलाई क्यानले मुख्य प्रशिक्षक नियुक्त...












