ताजा समाचार

हनिप्रितसँग ९ घण्टामा पुलिसले सोध्यो ६० प्रश्न, जवाफमा यस्तो पाए पुलिस अधिकारीले

एजेन्सी, २१ असोज । पछिल्लो २४ घण्टामा पंचकूला पुलिसका चार अफिसरले राम रहिमकी कथित छोरी हनिप्रित इन्सासँग ९ घण्टासम्म सोधपुछ गर्यो । चार पुलिस अफिसरले दिनमा पाँचपटक भिन्न–भिन्न सोधपुछ गरे । ६० भन्दा बढि प्रश्न सोधियो तर कुनै पनि प्रश्नको जवाफ पाइएन । हनिप्रितले टाउको दुखेको बहाना गरेर चिया र औषधीको माग गरिन् ।

पुलिस कमिश्नरका अनुसार उनी प्रश्नको जवाफ सही तरिकाले दिइरहेकी छैनन् । डाक्टरको समूहले उनको उपचार गरे । रक्तचाप र इसीजी दुबै साधारण छन् ।

हनिप्रितले सोधपुछमा भनिन्, ‘हो, मेरो योजना पक्कै थियो तर….. (चुप भइन्)

पुलिसः डेरेका मानिसहरुलाई पंचकूला बोलाइयो, कतिजना बोलाउने योजना थियो ?

हनिप्रितः यो योजना मेरो पक्कै थियो तर…. (चुप भइन्)

पुलिसः कतिजनालाई पंचकूलामा यस्तो योजना भइरहेको छ भन्ने जानकारी दिइयो ?

हनिप्रितः (पहिला चुप भइन्, त्यसपछि भनिन्) मानिसहरु त यहाँ आउँथे नै ।
पुलिसः कस्ता नम्बर प्रयोग भए ?

हनिप्रितः मसँग जुन नम्बर पहिले देखि नै थियो, त्यही नै प्रयोग भयो । त्यसपछि मेरो फोन बिग्रियो र एउटा नम्बर बन्द भयो ।

पुलिसः आदित्यसँग अन्तिम पटक कहिले भेट भयो ?

हनिप्रितः थाहा छैन कहिले भेटेकी थिएँ, केही याद आइरहेको छ्रैन ।

अन्य प्रश्नमाथि यस्तो जवाफ…

प्रश्नः तिम्रो अर्को मोबाइल खोइ ?

– अर्को मोबाइल ? …. त्यो त हरायो, कहाँ भन्ने मलाई थाहा छैन ।

प्रश्नः तिमीसँग गाडीमा को–को थिए ?

– को को थिए मलाई थाहा छैन, उनीहरुको नाम याद छैन ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org