ताजा समाचार

निगमका कार्यकारी निर्देशक गोपाल खड्कालाई काममा फर्किन सर्वोच्चको आदेश

काठमाडौं, २२ असोज । सर्वोच्च अदालतले नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्कालाई काममा फर्किने बाटो खुलेको छ । सर्वोच्चले मन्त्रिपरिषदले असोज २ गते खड्कालाई पदबाट बर्खास्त गर्ने विषयमा गरेको निर्णय कार्यान्वयन नगर्न नगराउन अन्तरिम आदेश दिदैं खड्का काममा फर्किने बाटो खुलेको हो ।

आयल निगमको जग्गा खरिदमा अनियमितता गरेको भन्दै सरकारले खड्कालाई बर्खास्त गरेको थियो । आइतबार सर्वोच्च अदालतले खड्कालाई काममा फर्किन मार्ग प्रशस्त गर्दे अन्तरिम आदेश जारी गरेको उनको तर्फबाट बहस गरेका कानुन व्यवसायी अधिवक्ता रामचन्द्र सुवेदीले जानकारी दिए। खड्काको मुद्दामा वरिष्ठ अधिवक्ता सूर्य ढंगेल, रामकृष्ण निराला, बाबुराम गिरी, अधिवक्ता नरेन्द्र गौतमले बहस गरेका थिए ।

न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलासले खड्काको रिटमा सुनुवाइ गर्दै उनको माग अनुसार अन्तरिम आदेश जारी गरेको सर्वोच्च अदालतले जनाएको छ। खड्काले आफुलाई हटाउने निर्णय गैरकानूनी भएको भन्दै सर्बोच्च अदालतमा असोज ४ गते रिट दायर गरेको थिए । दशैंको बिदापछि सर्बोच्च अदालत शुक्रबारदेखि खुलेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org